gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी सेवा समाजद्वारा गीता विकका छोराको “शिक्षा”का लागि अक्षयकोष स्थापना

कुमार “अविरल” पन्थी
कतार । श्रीमानको दुबै मृगौला फेल भएर मृत्यु भएपछी बिचल्लीमा परेको गुल्मीको एक परिवारलाई गुल्मी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । केहि समय पहिला रोजगारिको शिलसिलामा विदेशमा रहेका श्रीमानको मृगौला फेल भएर उपचारको क्रममा मृत्यु भएपछी बिचल्लीमा परेका गुल्मी बलेटक्सार निवासी गिता बिकका छोराहरुको शिक्षाको लागि गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरि दिएको हो ।

समाजले स्वर्गीय बिकका छोराहरुको शिक्षाका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा छोरा शुसिल र सुजनको नाममा खाताखोली २५/२५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । सोमबार स्वर्गीय बिककी पत्नी गीता विक, छोरा एवंम् ज्ञवा बलेटक्सार माध्यमिक विद्यालयका प्राचार्य नारायण ज्ञवाली, समाजसेवी देब नारायण ज्ञवालीको उपस्थितिमा संस्थाका सचिव केसव कंडेलले उक्त सहयोग रकम अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।
gita bk news
कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अगाडी बढेको गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लामा बिभिन्न बिपत, दैबिक प्रपोक तथा आर्थिक अभावमा उपचारमा समस्या भएकाहरुलाई सहयोग गर्दै आएको छ । गितालाई श्रीमानको मृत्यु पछी खाना र बस्नको लागी घर लगायतका समस्या भएको खबर सार्बजनिक भएपछी समाजले उनका छोराहरुलाई शिक्षाका लागि अक्षयकोष स्थापनार्थ आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको थियो ।

सहयोग रकम बुझ्दै स्वर्गिय विककी पत्नी गीताले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरीन । उनि भन्छिन श्रीमानलाई त मैले कलिलो उमेरमा गुमाए, श्रीमानको साथ मेरो भाग्यमा यतिनै लेखको रहेछ, यी साना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिएर वाबुको कमि महसुस हुन नदिई भविष्य उज्ज्वल बनाउने सपना छ । गुल्मी सेवा समाज कतारको साथ र सहयोगका लागि सदैव आभारी रहेको बताइन ।

गीतका श्रीमानको मृगौला फेल भएर उपचारको क्रममा निधन भएको थियो । स्वर्गीय बिकका श्रीमती र २ छोरा छन । ११ बर्षका जेठा छोरा सुशील ५ कक्षामा अध्ययनरत छन भने ९ वर्षिय कान्छा छोरा सुजन २ कक्षामा अध्ययनरत छन ।

साना बालबालिकाहरुको शिक्षादिक्षाका लागि यहाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रहेको सुशीलको खाता नम्बर ०१२०१४००१५०७०००००००१ अथवा सुजनको नाममा रहेको ०१२०१४००१५०६९९०००००२ खातामा सिधै रकम जम्मा गराउन पनि सक्नुहुनेछ । तपाईहरुको सानो सहयोगले ति साना बालकहरुको भविष्य उज्ज्वल बन्नेछ ।

समाजले रोजगारिका लागि विदेशमा विभिन्न समस्यामा परेका पिडित तथा स्वदेशमा बिभिन्न सामाजिक कामहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D