gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले “चंगा चेट” प्रदर्शन गर्ने

बबिता ओेली (क्षेत्री)
कोरिया, मंसिर १६ गते । “गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन,
गोजीमा सुक्को नहुने मान्छे क्यै पनि काम छैन”

अहिले नेपाली कथानक चलचित्र चङ्गा चेटको सुपरहिट गित हो यो । राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको आवाजमा रहेको यो गीत युट्युवमा मात्र २१M+Views देख्न सकिन्छ। यस चलचित्रमा यो गीत सहित अन्य गीतहरु ढल्की-ढल्की नाँचन जस्ता गीहरुलाई पनि सुन्न सकिन्छ।

यही सुपरहिट चलचित्र चङ्गा चेट अव दक्षिण कोरिया हेर्न सकिने भएको छ। गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले डिसेम्वर २३ ,२०१८ मा यो चलचित्र प्रदर्शन गर्न लागेको हो। निर्देशक दीपेन्द्र के. खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पान्डेको निर्माणमा वनेको यो चलचित्रमा सदाबहार नायिका प्रियंका कार्की, अहिलेका चर्चित नायक आयुस्मान देसराज, हास्यव्यङग्य कलाकार सन्दीप क्षेत्री लगायत अन्य कलाकारहरुको वेजोड अभिनय हेर्न सकिन्छ ।

यो फिल्म कमेडी मिश्रीत फन्नी टाइपको तर सन्देशमुलक फिल्म हो। यसमा व्यङ्गात्मक तरिकाले नेपालको राजनितिक, आर्थिक,सामाजिक तथा हरेक कामहरु शिष्टममा नभएको कारण जनताले पाइरहेको दुःख बारे देखाउन खोजिएको छ। नेपालमा नेपाली दर्शकले यसलाई “मसला” फिल्मको रुपमा उपमा दिई औधी रुचाएका छन् । सोही दिन नेपाली चलचित्र हेर्न आउनको लागि पनि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D