gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी सम्पर्क समिति कोरियाद्वारा बाढी प्रभावितलाई राहत वितरण

गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले रुपन्देहीको अति बाढी प्रभावित क्षेत्र रोहिणी गाउँपालिकामा राहात बितरण गरेको छ।

कोरियाबाट संकलन गरि पठाइएको करिब २ लाख ५० रूपैयाँ बराबरको रकमले खाद्यान्न , सरसफाइका लागि आवश्यक सामाग्री, त्रिपाल लगायतका अत्यावश्यक सामान वितरण गरिएको समितिका निवर्तमान अध्यक्ष प्रेम ज्ञावालीले बताए।

रोहिणी गाउँपालिकाका अध्यक्ष सरोज कुमार यादब तथा गुल्मी सम्पर्क समितिका निबर्तमान पदाधिकारीहरु अध्यक्ष प्रेम ज्ञवाली, सचिब उपेन्द्र अर्याल, सल्लाहकार बिष्णु ज्ञवाली र सदस्य ज्ञानु भण्डारीको रोहबरमा राहत सामग्री बितरण गरिएको हो।
rahat bitaraan
उक्त राहत मार्फत बाढीबाट प्रभाबित मुस्लिम, थारु लगयतका बिपन्न ६५ घर परिवार लाभान्वित भएका छन्।

पछिल्लो पटक बाढी पहिरोका कारण केही पहाडी क्षेत्र तथा अधिकांश तराईका जिल्लामा महाविपत्ति आइलागेको भन्दै गुल्मी सम्पर्क समितिले कोरियाबाट करिब २ साता राहत संकलन अभियान चलाएको थियो।

उक्त अभियान बाट संकलित रकम समितिका प्रतिनिधि मार्फत वितरण गरिएको छ।

बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्षले मन्तव्य राख्दै धेरै पीडित भएका जिल्लामा अधिकांश स्थानीय संघ संस्थाहरु केन्द्रीकृत हुने तर नजिकका ओझेलमा पर्ने गरेकोमा कोरियाबाट गुल्मेली श्रमिकहरुले जम्मा गरेको रकमले रोहिणिका जनताले राहत पाउने र बिहान बेलुकाको छाक टार्ने बाताबरण मिलाइ दिएकोमा कोरियामा रहने गुल्मेली प्रती आभारी रहेको समेत बताए।

कोरियाबाट गुल्मी सम्पर्क समितिले नेपालमा आइलागेको महाविपत्तिमा पटक पटक सहयोग गर्दै आइरहेको छ।

यसभन्दा पहिला महा भूकम्पको समयमा पनि गुल्मी सम्पर्क समितिले आफ्नै प्रतिनिधि खटाएर ६ लाख रुपिया बराबरको राहत बितरण गरेको थियो भने गुल्मीका बडागाउमा ,थोर्गा आदि स्थानमा भएको आगलागी पिडितलाई पनि आफ्नै प्रतिनिधि मार्फत राहत बितरण गरेको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D