gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मी प्रहरीको गाँजा फडानी अभियान गाउँ पुग्यो

टोपलाल अर्याल
गुल्मी, ४ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । सदरमुकामबाट शुरु भएको अभियान गाउँ सम्म पुगेको छ । प्रहरीले केहि दिनअघि सदरमुकामका बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्क गरेर सम्म सात क्विन्टल गाँजा नष्ट गरेको थियो ।

सिमीचौरबाट ८ क्विन्टल गाँजा फडानी गरेको थियो । त्यस्तै हिजो जिल्ला प्रहरी कार्यालय गुलमीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको नेतृत्वमा गएको प्रहरी र इलाका प्रहरी कार्यालय जोहाङको सक्रियतामा सत्यवति गाउँपालिका ७ जुनियाँमा पनि ८ क्विइन्टल गाँजा फडानी गरिएको छ । भने सोहि स्थानको चोरकाटेमा २ क्विन्टल गाँजा फडानी गरिएको छ ।

व्यक्तिकै बारीमा हुर्काइएका गाँजाका बोट काटिएको प्रहरी नायव उपरिक्षक थापाले बताए । अहिलेसम्म केहि सार्वजनिक स्थल र व्यतिmले आफ्नो बारीको डिलमा हुर्काएका २५ क्विन्टल गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराग द्धवेदीले बताए । जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि प्रहरी अभियान संचालन गरेको छ ।

प्रहरी टोलीले अनुगमन तथा सुचना संकलन गरिरहेको छ । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख द्धवेदीले बताए । गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने बताएको छ ।

जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थाgulmi police newsनीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् । अहिल जिल्ला प्रहरी कार्यालय विभिन्न सृजनात्मक क्रियाकलापमा सक्रिय देखिएको छ । केहि दिन अघि जिल्लाको छत्रकोट गाउँपालिका गाउँपालिकामा पनि नागरिक सुनुवाई गरेको थियो । भने ट्राफिक व्यावस्थापनमा पनि कडाई गरिरहेको छ । त्यस्तै ठुलो बिस्फोटक पदार्थ सहित केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D