gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी क्षेत्र नम्बर २: वाम गठबन्धनका गोकर्ण बिष्ट भर्सेस कांग्रेसका चन्द्र केसी

गुल्मी मंसिर २– यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा केन्द्र र जिल्ला तहका नेतापबिच प्रतिस्पर्धा हुँदैछ । वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण बिष्टसँग कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसीको प्रतिसस्पर्धा समान नदेखिए पनि दुवैले आफूलाई भावी सांसदको रुपमा दाबी गरेका छन् ।
केसीले २०५६ सालमा भएको चुनावमा साबिकको २ नम्बर क्षेत्रबाट एमालेका प्रदिप ज्ञवालीसँग प्रतिसस्पर्धा गर्नुभएको थियो । त्यो चुनावमा उहाँ पराजित हुनुभएको थियो । केसी २०५४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जिविस सभापतिमा निर्वाचित हुनुभएको थियो ।
gokarna and chandra
२०५१ सालमा एमालेबाट टंक पोखरेल, २०५६ सालमा गोकर्ण बिष्ट, २०६४ सालका माओवादीबाट चन्द्रबहादुर थापा सागर, २०७० सालमा फेरि गोकर्ण बिष्ट निर्वाचित हुनुभएको थियो । झण्डै २५ वर्ष कम्युनिष्टले किल्ला जमाउँदै आएको क्षेत्रमा फेरि वाम गठबन्धनले झनै बलियो बनाएको कार्यकर्ताहरुको तर्क रहेको छ । केसी चुनावी प्रतिस्पर्धामा रहेको क्षेत्रका ४ वटै स्थनीय तहमा कम्युनिष्ट उम्मेदवार निर्वाचित भएका छन् ।

बिष्टका आर्थिक समृद्धिका लागि नयाँ योजना
विष्टले गुल्मी जिल्लालाई आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गर्नुभएको छ । नागरिकलाई शैक्षिक हिसाबले माथि उठाउने, नागरिकको स्वास्थ्य प्राप्त गर्ने अधिकरलाई सुरक्षित गर्ने, खानेपानी बिजुली तथा सडकको भरपर्दो व्यवस्था तथा रोजगारी व्यवस्था गर्ने लगायतका कार्यक्रम अगाडि सार्नुभएको छ । त्यस्तै उहाँले छल्दी खोलालाई दायाँबायाँ तटबन्ध गरी बोटिङ्ग गर्ने व्यवस्थाका लागि सर्वेक्षण भइसकेको र बढिगाढमा र्‍याफ्टिङ्ग तथा पर्यटक विकासको लागि कार्यक्रम बनेको जानकारी दिनुभयो ।

त्यसैगरी रेसुङ्गा, मदाने, कँके, छाप, ईश्मा दरबार, शालिमे, मालिका, धुर्कोट लगायतका पर्यटकीय स्थलमा पर्यटन विकासका कार्यक्रम, केही ठाउँमा कृत्रिम ताल, र्‍याफ्टिङ्ग, कफि खेती व्यवस्थित गर्ने, चिया, रुद्राक्ष, अलैँची लगायत कृषि र नगदेबालीको विकास गर्ने उहाँले बताउनुभयो ।

१८ वर्षे कम्युनिष्ट शासन तोडछु : केसी
बिष्टसँग प्रतिस्पर्धी चन्द्र केसीले पनि यस पटक १८ वर्षे कम्युनिष्ट शासन तोड्ने बताउनुभयो । आफू जिविस सभापति हुँदा गुल्मीमा धेरै विकासका योजनाहरु सुरुवात गरको बताउनुभयो ।
तत्कालिन जिविस सभापति हुँदा गुल्मी जिल्लामा डोजर भित्राउने मै हुँ उहाँले भन्नुभयो ‘विकासको सुरुवात पनि मैबाट भएको थियो त्यसैले नागरिकले आफूलाई मत दिन्छन् ।’ उहाँले आफ्नो मुख्य गरी शिक्षा स्वस्थ्य, खानेपानी, मोटरबाटोका विकासका योजनाहरु पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D