gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी उद्योग वाणिज्य संघको अधिवेशन सुरु, अध्यक्षमा भलामीको चर्चा

गुल्मी, पुस २७ । गुल्मी उद्योग वाणिज्य संघको २७ औं साधरण सभा तथा अधिवेशन शुक्रवार देखि सुरु भएको छ । अधिबेशनको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका हुन । उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले मुलुक समृद्धिको अभियानमा गई सकेको र सरकार र निजी क्षेत्रको हातेमालो अनियार्व भएको कुरामा जोड दिदै सबै पक्ष एक जुट हुन अपिल गरेका थिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघ प्रदेश संयोजक गुणानिधी तिवारी, नेकपा गुल्मीका जिल्ला कमिटीका प्रस्तावित सचिव बुद्धि जिसी, नेपाली कांग्रेसका पार्टी सभापती भुवनप्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ र नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

श्री प्रशाद भलामी

भोली निर्वाचन प्रकृयामा गईने र पर्सी मतदान हुने निर्वतमान सचिव बिरेन्द्र भुसालले जानकारी दिएका छन । श्रोतमा अनुसार दलहरु बिच गोप्य बैठक बसेर पद बाँडफाँड गरिएको छ । अध्यक्षका लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामी प्रति दुई प्रमुख दल नेकपा र कांग्रेस दुबै सकरात्मक देखिएको बताईएको छ ।

उनि अध्यक्षमा निश्चित जस्तै मानिएको बताईए पनि अन्य पदको बाँडफाँड नमिलेर निर्वाचन नै भयो भने यसै भन्न सकिने अवस्था नभएको श्रोतको भनाई छ ।

भलामी राजनैतिक रुपमा नेपाली कांग्रेसमा आश्था राख्ने भए पनि उद्योगी ब्यवसायीहरुको पक्षमा लामो समय देखि साझा ढंगले सक्रियता देखाउँदै आएका ब्यक्ति हुन । उनले आफुलाई सहमति र सहकार्यको राजनैतिककर्मीका रुपमा समेत छवि बनाउँदै आएका छन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D