gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

गुल्मी, साउन ७ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म घोषणा मै सिमित रहेको छ । ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट सरकारले ५० शैया घोषणा गरेको थियो ।

सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको बढ्दो चापका कारण अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शैयाको बनाएको छ । छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका समेत छिमेकी गाउँवासीले उपचार सेवा लिदै आएको त्यस अस्पतालमा विगतको तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । दैनिक २ सय जना सम्म विरामीको स्वास्थ्य उपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडा वान्ताका विरामीहरुको थप चाँप बढेको छ ।

१६ जनाको दरवन्दीमा जम्मा ५ जना डाक्टर, एक जना पनि छैनन विशेषज्ञ त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन् । सरकारले एक जना विशेषज्ञ डाक्टर समेत पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जक डाक्टर पठाएको छ ।

district hospital gulmi
लामो सयम देखि निक साईमन ईन्सिच्ुट काठमाण्डौले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर , मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा , स्टाफ नर्स दुर्गा पातली र अनेस पोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव र सरकारी तिनै पाँच जना डाक्टरको भरमा त्यस अस्पताल चलेको छ । तिन वर्ष अघि ५० शैयाको अस्पताल घोषणा भए पनि औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन डाक्टर चौधरीले बताए ।

जम्मा वार्षिक तिन लाखको भरमा चलेको त्यस अस्पतालमा गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पुराईएको डाक्टर चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झण्डै २ सय जना प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा साढे ५ सय करिव थियो भने गत आर्थिक वर्षमा ७ सय ८० जना महिला त्यस अस्पतालमा सुत्केरी भएका छन् ।

दुर्गम स्थानबाट समेत महिलाहरु सुत्केरी गराउन आएको देखिन्थ्यो । यसरी तिन वर्ष अघि ५० शैयाको घोषणा भएको् अस्पतालमा आवस्यक जनशक्ती , पुर्वधार र रकम विनियोजनमा सरकारको ध्यान जानु पर्नेमा डाक्टर चौधरीको मात्र नभई सवै पक्षको जोड रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D