gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा ५० प्रतिशत उम्मेदवारले अझै खर्च बिवरण बुझाएनन्

अनिल खत्री
गुल्मी, साउन १८ । गत असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानिय तह निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च अजै बुझाएका छैनन् । निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च बिवरण निर्वाचित भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने निर्वाचन प्रावधान रहेको छ ।

गुल्मीमा हाल सम्म ५० प्रतिशत उम्मेदवारहरु खर्च बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । गुल्मीमा रहेका २ नगर र १० गाउँपालिकाको लागी ४ सय ८९जना निर्वाचित जनप्रतिनिधीको लागी १ हजार ३ सय ८६ जना उम्मेदवार बनेका थिए ।

जिल्लामा रहेका उम्मेदवारहरुले खर्च बिवरण फारम लगेपनि अजै नबुझाएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा असार २० गते सम्म अन्तिम मतपरिणमा आएको थियो । अन्तिम घोषणा मिति अनुसार अब झण्डै २ दिन मात्र बाँकी रहेको छ । जिल्लामा खर्च बिवरण उम्मेदवारहरुमा अधिकांश निर्वाचितले मात्र खर्च बिवरण बुझाएका छन् । खर्च बिवरण बुझाउनेरुमा निर्वाचित उम्मेदवारले निर्वाचन कार्यालयको परिधीमा रहि खर्च गरेको बिवरण बुझाएका छन् । हार्ने उम्मेदवारहरुले आयोगले तोकेको भन्दा अधिकतम कम खर्च गरेको बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

निर्वाचनको क्रममा नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरपालिकामा रहेका वडा अध्यक्ष सदस्यहरुले २ लाख र गाउँपालिका भित्रका वडा अध्यक्ष सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने कानुनी ब्यवस्था रहेको थियो । आयोगले तोकेको मितिमा उम्मेदवारहरुले खर्च बिवरण रकम नबुझाएका कारवाही हुने अधिकृत खत्रीले जानकारी दिए । उम्मेदवारहरुले निर्वाचनको क्रममा धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको खर्च भन्दा पनि कम रकम राखेर बुझाउने गर्दछन् ।
झण्डै ४ हजार मतदाता थपिए

गुल्मीमा पछील्लो चरणमा फोटो सहितको मतदाता नामावलीमा झण्डै ४ हजार मतदाताले नाम दर्ता गराएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानिय तहमा संकलन भइरहेको पछील्लो १८ दिनमा ३ हजार ६ सय ७५ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

नाम दर्ता गराउनेहरुमा २ हजार ४२ पुरुष र १ हजार ६ सय ३३ु महिला रहेका छन् । जिल्लामा अन्य जिल्लाबाट १४ जना मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा जिल्ला निर्वाचन कार्यालय सहित १२ ठाउँबाट नाम दर्ता भइरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D