gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा सरकारी गाडीको दुरुपयोग बढ्दै, ट्राफिक कारबाहीमा सरकारी मोटरसाइकल

टोपलाल अर्याल
गुल्मी, २६ भदौ । गुल्मी जिल्ला सवारी साधन बढि कारबाहिमा पर्ने र धेरै राजस्व उठाउने जिल्ला हो । सवारी साधन किन बढी कारबाहिमा पर्छन । त्यसको कारण हो, चालकले सवारी नियमको उल्ङघन गर्नु र फिलतो राज्य व्यावस्था । गुल्मीमा दैनिक सवारी साधन कुनै न कुनै कारबाहिमा पर्छन ।

सकेसम्म ट्राफिकको आँखा छल्ने, कारबाहिमा परे जरिवाना तिर्ने यो गुल्मेली व्यावस्था हो । अहिलेसम्म न कारबाहि रोकिन्छ, न चालक नै सुध्रिन्छन् । गर्दा गर्दै पछिल्लो समय त सरकारी गाडी पनि कारबबाहिमा पर्न थालेका छन् । ‘अन्य नागरिकबाट त प्रहरी आजित छ,’ट्राफिक हवल्दार भरत गुरुङ्गले भने,‘अहिले त सरकारी मोटरसाइकलमा तीन जना हिड्न थाले ।’ सरकारी नम्बर प्लेटको दुरुपयोग यो नौलो कुरा होइन् । थुप्रै हाकिम सापले श्रीमती माइत पठाउन, बिदामा घुम्न, आफन्तजन भेट्न वा ओसार्न, छिमेकमा कोठा सार्न सरकारी गाडी नै प्रयोग गर्छन् ।

gulmi trafficदशैमा घर माइत गर्ने तिनी गाडी हुन् । अहिले त झन धेरै गाविस सचिवले मोटर साइकल प्रयोग गर्छन । उनीहरु मलाम जाँदादेखि ससुराल त्यहि मोटरसाइकलमा पुग्ने गर्छन् । तर पेट्रोल भने कार्यालकै बिलमा उठछ । साथै बिदाको समयमा रोडमै सरकारी नम्बर प्लेटका गाडी रोकेर कर्मचारी भट्टीमा झुलेका तस्विर पनि भेटिन्छन् । त्यसैले अहिले सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई पनि निगरानी बढाएको छ । आइतबार प्रहरीले सदरमुकामका प्रत्येक चोकमा सवारी चेकजाँच गरेको थियो । जसमा चार दर्जन मोटरसाइकल समातिएका थिए । जसमा सरकारी नम्बर प्लेटका मोटरसाइकल पनि थुप्रै परेका थिए ।

मापासेमा परेको एउटा, लाइसन्स नै नभएका १३, लाइसेन्स भएर पनि नबोकेका सात, र सवारी नियम उल्ङघन गरेका पाँच गरी २६ वटा मोटरसाइकललाई तत्काल जरिमाना काटेर छोडेको ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक डोर बहादुर थापाले बताए । जसबाट २० हजार राजस्व उठेको थियो । महान चाड दशै तिहारका बेला कुनै अप्रिय दुर्घटना नहोस भन्नका लागि निगरानी बढाएको थापाले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D