gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थाले पछि सबै चकित

प्रेम सुनार
गुल्मी, भाद्र २७ । गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि झाँक्रिका रुपमा काँप्ने र बेहोस भएर ढल्ने गर्न थाले पछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् ।

‘एउटा अचम्मै देख्नु परेको छ ’–त्यस विद्यालयका प्रधानध्यापक भविलाल खत्रीले भने–‘ यस्तो अहिले सम्म देखेका थिएनौं । विद्यार्थीहरु विहान साढे १० वजे देखि १ वजे सम्म रुने चिच्चाउने , काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् । त्यस पछि कोही फेरी सामन्य अवस्थामा आउने कोही असमान्य हुँदा अभिभावक बोलाएर पठाउने गरिएको छ । ’

gulmi student
कक्षा ८ कि छात्रा सम्झना बिक लगायत काँप्दै गर्दा ढलेर बेहोस

उनका अनुसार एक दिनमा १ जना छात्र र ६ जना सम्म छात्राहरु ढल्ने गरेका छन् । त्यस्तो अवस्थामा तिनै सात जना मात्रै दोहरिने गरेका छन् । अरु विद्यार्थीहरुलाई केहि हुन्न । त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्तिले कारण के हो रु अनुमान नै गर्न नसकिएको बताउँ छन् । त्यहाँका पुराना पिढिले भने दैविक शक्ति प्रकट भएको विश्वास ब्यक्त गर्दछन् । त्यहाँका शिक्षक वुद्धिजिवीहरुले भने त्यस्ता कुरामा विश्वास राख्दैनन् । स्वास्थ्यकर्मी समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष घर्तिले औषधी खुवाएर समेत ठिक नहुने र त्यो क्रम दोहरिने गरेको बताउँ छन् ।

ति सात जना विद्यार्थीहरु ७ देखि कक्षा ९ सम्मका रहेका छन र उमेर १२ देखि १८ वर्ष सम्मको रहेका छन् । बढि मात्रमा किशोरीहरुलाई किन त्यस्तो हुन्छ त रु यो पनि खोजको विषय रहेको प्रधानध्यापक खत्रीको भनाई छ । स्मरण रहोस २०७० साल तिर गुल्मीको नयाँगाउँको एक घरमा अदृश्य शक्तिले लगातार ढुङ्गा वर्साएर गाउँवासीलाई चकित पारेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D