gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा राजनीतिकर्मी भन्दा बढि व्यवसायीहरु निर्वाचित

प्रेम सुनार
गुल्मी, साउन१२ । गुल्मीका २ नगरपालिका , १० गाउँपालिका र वडास्तर सम्म विशुद्ध राजनीति गर्नेहरु भन्दा कुनै न कुनै पेशा–व्यवसाय गर्नेहरु नै स्थानिय तहको निर्वाचनमा बढि विजयी भएको पाईएको छ ।

रेसुङ्गा नगरपालिकाबाट सुरु गरौं । मेयर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् । निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका निकतम प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठ राजनीति भन्दा अरु केहि नगरेका व्यक्ति हुन् । तम्घासका पुर्व गाविस अध्यक्ष समेत रहेका श्रेष्ठ तम्घासको लिफ्टीङ्ग सिस्टम खानेपानी योजनामा लामो समय देखि आवद्ध छन् । यस नगरपालिकाका वाडाहरुमा पनि विशुद्ध राजनितीकर्मी भन्दा निर्माण व्यवसाय, शैक्षिक एवं विभिन्न पेशाबाट आएका व्यक्तिहरु विजयी बनेका छन् ।

मुसिकोट नगरपालिकाको मेयरमा क्रियाशिल राजनीतिकर्मीका हिसावले एमालेका सोमनाथ सापकोटाका माओवादी केन्द्रका खुमबहादुर थापा वाहेक प्रतिष्पर्धी नै थिएनन् । बरु कांग्रेसबाट मेयरमा विष्णुकुमारी सापकोटा उठेको भए कडा प्रतिष्पर्धा हुन सक्थ्यो । तर सापकोटालाई कांग्रेसले उपमेयर र कहिल्लै सक्रिय राजनीति नगेरेका समाजसेवी कृष्णहरी सापकोटालाई मेयरको उमेदवार बनायो ।

लामो सक्रिय राजनीति जिवन विताए पनि एमालेबाट मुसिकोटका मेयर सापकोटा व्यवसायबाट अछुतो भने छैनन् । उनि सोलर लगायतको व्यवसायसंग पनि जोडिएका व्यक्ति हुन् ।

माओवादी, काँग्रेसबाट विजयी कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा मगर विशुद्ध राजनीतिबाटै आएका व्यक्ति हुन् । माओवादी कांग्रेस गठबन्धनबाटै सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल पनि विशुद्ध राजनीतिकर्मी होईनन । उनले राजनीतिका अलवा दैनिक उपभोग्य वस्तु लगायतको व्यवसायी पनि गर्छन् । उनि राजनीति भन्दा बढि धार्मिक र सामाजिक व्यक्ति हुन् ।

चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री शैक्षिक पेशामा जमेका ब्यवसायी हुन् । चक्रेश्वर ईङ्गलिस वोर्डिङ्ग स्कुलको शेयर होल्डर र प्रिन्सिपल रहेका खत्रीले कांग्रेसबाट टिकट पाएर जनयुद्धमा जेलनेल यातना र भिडन्त भोगेको माओवादी केन्द्रका युवराज केसी जस्ता सक्रिय राजनितीकर्मीलाई समेत तेश्रो स्थानमा लगेर पछारी दिए ।

रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम सक्रिय राजनितीकर्मी हुन् । विशुद्ध भने होईनन् । एमालेबाट विजयी उनले जिल्लाको कफी आयत र विदेश सम्म निर्यात गर्छन् । उनि कफी उत्पादन संघ गुल्मीको अध्यक्षका हैसियतले यहाँको कफी आयत र निर्यात गरेका हुन् । कृषकहरुलाई प्रोत्साहित गर्न भन्दै उनि तरकारी व्यवसायमा पनि समय खर्चिदै आएका व्यक्ति हुन् । एमालेबाट विजयी छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त विशुद्ध राजनीतिकर्मी हुन् । शिक्षक पेशालाई समेत थाँती राखेर कम्युनिष्ट आन्दोलनमा लागेका उनले साविकको हर्दिनेटा गाविस अध्यक्ष देखि लामो राजनीतिबाट कमाएनन । उनले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाले पछि तम्घासमा कोठा समेत नगरेर पार्टी कार्यालयमै बस्ने खाने गरे ।

गुल्मी दरवार गाउँपालिका प्रमुख अशोककुमार थापा हुर्के देखि त्यो बुढेशकाल सम्म कांग्रेसको राजनीतिमै समर्पित व्यक्ति हुन् । ईस्मागाउँपालिका प्रमुख लक्ष्मण बिष्ट पनि शैक्षिक र मेडिकल व्यवसाय समेत त्यागेर एमालेको राजनीतिमा खटेका व्यक्ति हुन् । देशकै चर्चित नेता गोकर्ण विष्टका दाजु समेत रहेका उनले वडास्तर देखि संघर्ष गरेर अहिले जिल्ला सचिवालय सम्मको यात्रा गरेका हुन् ।

एमालेबाट विजयी मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा जिल्लाबाट पलायन भई सकेका व्यक्ति चुनावमा पाहुना जस्तै भएर आएका हुन् । उनि वुटवलमा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । उनको प्रतिष्पर्धी कांग्रेसका ज्ञानबहादुर कार्की र माओवादी केन्द्रका देविराम अर्याल पनि उनि जस्तै पाहुना थिए । व्यवसाय पनि थापाको जस्तै मिल्दोजुल्दो गरेकाले त्यहाँ तिन दलका नेताको भन्दा पनि तिन पैसावाला व्यवसायीहरुको टक्करका रुपमा चुनावतका चर्चा चल्ने गरेको थियो ।

माओवादी केन्द्र र कांग्रेसबाट धुर्कोट गाउँपालिकामा विजयी प्रमुख भुपाल पोखरेल पनि विशुद्ध राजनितीकर्मी होईनन् । उनि एनजिओसंग पनि जोडिएका व्यक्ति हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कृष्ण घिमिरे शिक्षक पेशाबाट विशुद्ध राजनितीमा लागेका व्यक्ति हुन् । एमालेबाट विजयी मदानो गाउँपालिका प्रमुख भने राजनीतिकर्मी होईनन् । उनि लाखको हारहारीमा तलव खाने अर्जुन आवसीय उच्च माध्यामिक विद्यालयका प्रिन्सिपल हुन रा लामो समय देखि वोर्डिङ्ग स्कुल सञ्चालनमै आफुलाई सुम्पिदै आएका व्यक्ति हुन् ।

१२ स्थानिय तहमा विजयी प्रमुखलाई तिन तहमा बाँड्दा विशुद्ध सक्रिय राजनीतिकर्मी गर्ने चार वटा स्थानमा मात्रै विजयी भएका छन् । ति हुन् कालिगण्डकी, छत्रकोट, गुल्मी दरवार र ईस्मागाउँपालिका । व्यवसायसंगै सक्रिय राजनीति गर्ने पनि चार स्थानमा विजयी भएका छन् । ति हुन मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका । कोही जिल्लाबाट पलायन भएका र कोही पेशागत संगठन बाहेक आफ्नै पेशामा मात्रै रमाएकाहरुले ४ स्थानमा जनताको साथ पाएर विजयी भएका छन् । ति हुन रेसुङ्गा नगरपालिका, चन्द्रकोट गाउँपालिका, मदाने र मालिका गाउँपालिका ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D