gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा मेयरमा हारे पनि प्रदेशमा जित्छुः माओबादी नेता थापा

प्रेम सुनार
गुल्मी, असोज २४ । स्थानिय तहको निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिकाको मेयरमा पराजित नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खुमबहादुर थापाले गुल्मी क्षेत्र नम्वर २ को ‘क’ प्रदेशमा प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यका लागि टिकट पाएका छन् । सो पार्टीको ५ नम्वर प्रदेशबाट हिजो साँझ मात्र सवै तहका उमेदवारहरुको छनौट टुङ्गाएर पठाएको लिष्टमा थापा पनि प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् ।

द्धन्द्धकाल देखि पुर्णकालिन सदस्य रहेका थापा एमाले र कांग्रेसको वाहुल्य रहेको मुसिकोट नगरपालिकाको मेयरमा पराजित भए पनि सम्मान जनक मत ल्याएका थिए । जनयुद्धकालमा गुल्मीका विभिन्न तत्कालिन ईलाकाहरुको कमान्ड सम्हालेका थापाले शान्ति प्रकृया पछि पार्टीको तर्फबाट यहाँको शैक्षिक क्षेत्रको नेतृत्व समेत सम्हाल्दै आएका छन् ।

‘स्थानिय तहको निर्वाचनमा त्यति वेला पार्टी संगठनको अवस्था कम्जोर भएकोले मैले हार्नु स्वभाविक थियो’ थापाले भने–‘ तर अहिले संगठन पनि बनेको छ र अन्य राजनैतिक दलहरुबाट पनि मैले समर्थन पाउने छु र यहाँका जनताले दल भन्दा पनि कुशल नेतृत्व चुनेर जिताउने छन भन्ने अपेक्षा लिएको छु ।’ सो नगरपालिका –३ , साविकको वडागाउँ ७ चौर निवासी थापालाई त्यस क्षेत्रको मोटरवाटो र शैक्षिक संस्थाको विकासमा अन्य राजनैतिक दलहरु संग पनि सहकार्य गर्दै अगाडी बढेका त्यस क्षेत्रका युवा नेता हुन् । तस्वीरः खुमबहादुर थापा

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D