gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा भित्रियो नयाँ एम्बुलेन्स, पौदीअमराइमा बिशेष समारोह सहित एम्बुलेन्स सेवा शुभारम्भ

अनिश शर्मा गैरे
गुल्मी, कार्तिक २५ । निस्ती बडिगाड सामुदायिक बिकास केन्द्रले आफ्नो पहलमा ल्याएको एम्बुलेन्सको आज औपचारीक रुपमा समुद्घाटन गरेको छ । एम्बुलेन्सको कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल नेत्रज्योती संघका केन्द्रिय सदस्य कृष्णहरी सापकोटाले साइरन बजाएर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोहन घिमिरेको अध्यक्षता रहेको थियो भने नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, पुर्व जिबिस सभापति चन्द्र केसी, समाजसेवी खिलध्वज पन्थी, नेका क्षेत्रीय सभापति भगत सिँह खड्का, रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष तथा आउँदै गरेको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ का प्रदेश क का उम्मेद्वार शालीक राम पन्थी, पुर्व साँसद रुद्रमणी भण्डारी, बिभिन्न पार्टीका प्रतिनिधिहरु तथा बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका वडा नम्बर १ का सभापति दान बहादुर केसी, एमालेका प्रतिनिधि बिष्णुध्वज खाती, माओबादी केन्द्रका प्रतिनिधि सुबेदार जित बहादुर पाठक लगायतले बोल्नुभएको थियो ।
त्यसैगरी मन्तब्यको क्रममा नेका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सकेसम्म हामी एम्बुलेन्स चढ्नुपर्ने स्थिती नै सिर्जना नहोस भन्ने कामना गरे । अब एम्बुलेन्स भएर मात्र नहुने भएकाले यस क्षेत्रमा राम्रो स्वास्थ्य सेवा हुने अस्पतालको जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले देशमा बिभिन्न रोगहरुले मृत्यु हुने मानिसहरुको संख्या घटाउनको लागि स्थानीय स्तरमा काम गरीरहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुको कामको सम्मान गर्दै राज्यले उनीहरुको लागि केही पनि नगरेको बताए । स्वास्थ्य क्षेत्रमा भएका बिकृतिहरुलाइ हटाउन भन्दै डा. केसीको मागहरु भर्खरै सम्बोधन भएको बताउँदै अब स्थानीय स्तरबाट पनि स्वास्थ्य क्षेत्रको सवलीकरणमा सबैको सहभागीता रहनुपर्नै बताए । उनले अब आउँदै गरेको चुनावका उम्मेद्वारहरुले स्वास्थ्य क्षेत्रको सवलीकरणको मुद्धा उठाएर अगाढी बढ्न आग्रह गरे ।

संस्थाका अध्यक्ष मोहन घिमिरेले भौगोलिक बनावट लगायतका बिभिन्न समस्याहरुका कारण एम्बुलेन्सको अभावमा मृत्युवरण गर्न पर्ने बाध्यात्मक परिस्थितस्लाइ मध्यनजर गर्दै संस्थाले एम्बुलेन्स अभियान सुरु गरेको बताए । उनले अब एम्बुलेन्स नभएकै कारण मर्नुपर्ने अवस्था अब नआउने बताए । उनले गाँउमा यस्तै समस्याहरुबाट गुज्रिएका स्थानीयहरुको अवस्था देखेर यो अभियान सुरु गरेको बताए । उनले अहिले सम्म १४ लाख रुपैया एम्बुलेन्स खरिद अभियान र अन्य प्रशासनिक कामको लागि खर्च भएको जानकारी दिदै सहज सडक भएमा १२ महिना नै एम्बुलेन्स सञ्चालन गर्ने गरी अगाडी बढ्ने बताए । उनले यस क्षेत्रका सडक सजक बनाउन स्थानीय, प्रान्तिय तथा केन्द्रिय संसदमा प्रतिनिधित्व गर्ने ब्यक्तिहरुले ध्यान दिनुपर्ने बताए ।

चुनावी अभियानको क्रममा पौदी आएका संयोगमा कार्यक्रममा उपस्थित भएका नेपाली काँग्रेसका गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेद्वार चन्द्र केसीले बोल्दै समाजसेवामा लागेको यो संस्थाको कदम प्रति आभार ब्यक्त गरे । उनले अव जनताले पनि खानपानमा ध्यान दिनुपर्नै कुरामा जोड दिदै ६० प्रतिशत रोगहरु शुद्ध पानीको अभावको कारण हुने भएकाले सबैले शुद्ध पानी प्रयोग गर्नमा सजक हुनुपर्ने बताए । उनले आफु प्रतिनिधि सभाको क्षेत्र नम्बर २ मा उम्मेद्वार पनि भएको कारण स्वास्थ्य क्षेत्रको सवकीकरणमा उल्लेखनीय काम गर्ने बताए ।

काँग्रेस नेतत्वको सरकारमा हुँदा गगन थापा स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रको उल्लेखनीय सुधार भएका उनले बताए । यस्ता सामजिक कामहरुमा आफु निकै खटिएर लाग्ने जसको लागि अमुल्य मत दिएर यस्ता कामका जिम्मेवारी दिन उनले आग्रह गरे । कार्यक्रममा बोल्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका अध्यक्ष तथा प्रदेश क का उम्मेद्वार शालीक पन्थीले पनि एम्बुलेन्सको लागि यो संस्थाले मात्र नभएर अब समग्र जिल्लाबासीको काँधमा जिम्मेवारी आएको बताए । उनले अब आफु पनि यो कदम प्रति सक्रिय रुपमा अगाडी बढ्ने बताए । उनले आउने निर्वाचनमा नेपाली काँँग्रेसका आफु लगायतका उम्मेद्वारहरुलाइ बिजयी बनाउन आग्रह गरे ।

कार्यक्रमको अवसरमा स्थानीय कलाकारहरुले बिभिन्न कला संस्कृति झल्कने प्रस्तुतीहरु राखेका थिए । कार्यक्रमको सञ्चालन सरस्वती माबि मुनपा १ का शिक्षक हरि केसीेले गरेका थिए ।
गत बर्षको बैशाख बाटसुरु गरीएको अभियानको १८ महिनाको अवधिमा आज शुभारम्भ गरीएको हो । थियो भने आज सम्म करिब १८ लाख रुपैया रकम हात परेको छ । एम्बुलेन्स अभियानको लागि भन्दै नेपाल सरकारबाट भन्सार छुट प्रदान गरीएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D