gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा प्रख्यात लाखे नाच लोप हुदै

शिवलाल सुवेदी
गुल्मी, ३ भदौ । नेवार समुदायमा प्रचलितमा रहेको लाखे नाच लोपोन्मुख बन्दै गएको छ ।

बिशेष गरि लामो समय अगाडिदेखि नेवार समुदायमा प्रख्यात रहेको लाखे नाच पछिल्लो समयमा हराउदै जान थालेको छ ।
२० वर्ष अगाडीसम्म नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौ स्थानहरुमा हरेक वर्ष नाग पञ्चमीदेखि तिजको ऋषी पञ्चमी एवं काठमाण्डौको इन्द्रजात्राको दिनसम्म देखाईने लाखे नाच जिल्लाभर प्रचलित थियो ।

माओवादी जनयुद्धको शुरुवातसंगै ग्रामिण क्षेत्रबाट हराउदै गएको लाखे नाच शान्ति स्थापनापछि पनि नियमित हुन नसक्दा पछिल्लो पुस्ताले यसको संस्कृति र महत्व समेत बिर्सन थालेको छ । ४ बर्ष अगाडी लाखे नाचको संरक्षणका लागि भन्दै तम्घासको नेवाः खलले पैतिस वर्षपछि लाखे नाचको आयोजना गरेको थियो ।
lakhe-nacha
पैतीस बर्ष पछि लाखे नाच संरक्षण गर्नका लागि लाखे नाचको आयोजना गरिएको भएपनि त्यसले पछिल्ला बर्षहरुमा निरन्तरता नपाएपछि लाखे नाच पुन: लोप हुन लागेको तम्घासका रुपेश श्रेष्ठले बताए । ४ बर्ष अगाडि लाखे संरक्षण गर्नका लागि नेवा खलले लाखे नाचको अयोजना त गर्यो श्रेष्ठले भने ‘ यसले पछिल्ला बर्षमा पनि निरन्तरता पाएको भए संरक्षण हुने थियो ।’ उनका अनुसार पछिल्लो पुस्तामा लाखे नाचको बारेमा थाहै नभएको बताए ।

कृष्णलाई मार्नका लागि कंसले बैनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट शुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदैं बन्दुक पड्काएर बिर्सजन गरिने परम्परा छ ।

राक्षसको स्वरुपमा बनाइने खप्पर, कालिकाको बस्त्र सहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । पहिला नेवार बस्ती रहेका दर्जनौं स्थानमा नचाईने लाखे नाच पछिल्ला बर्षहरुमा बामिटक्सार र बम्घामा मात्र सिमित भएको तम्घास नेवाःखलका अध्यक्ष गोमराज श्रेष्ठले बताए ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पुजापाठ गर्नुपर्ने प्रचालन रहेपनि पछिल्लो पुस्तामा लाखे नाच हराउदै गएकाले पुजापाठको परम्परा समेत नरहेको श्रेष्ठले बताए । जिल्लाका बामिटक्सार र बम्घामा भने लाखे नाच निरन्तर देखाउने गरिन्छ ।

मुख्य गरी कृष्णजन्माष्टमीका दिन देखि ऋषि पञ्चमीसम्म बढी नचाईने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधरणहरुको नेवार बस्ती रहेका ठाउँहरुमा घुईचों लाग्ने गर्दछ ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाध्यबाधनको प्रयोग गरिन्छ । भुतप्रेत नलागोस र मरेको आत्माले दुःख नदेओस भनेर यो नाच रातीमा देखाईने गरेको नेवार समुदायका बुढापाकाहरु बताउ“छन् ।

टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बा“दरको खप्पर र बोराको पुच्चर बनाएको बुच्चाले जिस्क्याउदै र लात्तीले हान्दै नाचिने यो नाच हेर्न समेत निकै रोमाञ्चक हुने बलेटक्सारकी निशा ज्ञवालीले बताईन ।

‘यस्तो नाचमा नया“ पुस्ताले पनि निरन्तरता दिनु जरुरी उनले भनिन‘ नेवार समुदायमा प्रचलित भएपनि सरक्षणका लागि सबैको ध्यान जानुपर्छ ।’ पछिल्ला वर्षहरुमा लाखे नाचसंगै हराउँदै गएको रोपाई जात्रा, घोडे जात्रा, लगायतका जात्राहरु समेत हराउ“दै जान थालेकोमा समेत २० बर्षिय ज्ञवालीको गुनासो रहेको छ ।

बलेटक्सारको लाखे नाच हेर्न खैरनीबाट आएका सुनिल मुखियाले भने आजभोली लाखेनाच नाच्नै छोडिएको बताए । ‘आजभोली हाम्रो गाउ“तिर लाखे नाच हुनै छाड्यो’, उनले भने ।

२० वर्ष अगाडीसम्म उनी जिल्लाका शान्तिपुर, बलेटक्सार, वामीटक्सार, लगायतका स्थानहरुमा लाखे नाच नाच्ने र पुरस्कार जित्ने गरेको भएपनि अहिलेको पुस्ताले यस प्रति चासो नै देखाउन छोडेकाले हराउदै गएको उनले बताए ।

ऋषि पञ्चमीका दिन शान्तिपुरमा हुने सात लाखे एकै पटक नाचेर हुने प्रतियोगिता जिल्लाकै प्रचलित प्रतियोगिता थियो । तर शान्तिपुरमा १०-१२ वर्ष देखि नै लाखे नाच हुन छोडेको छ । पहिले पहिले लाखे नाच कृष्णा अष्टमीदेखि प्रतयेक दिन जसो हुन्थ्यो शान्तिपुरका बिरु श्रेष्ठले भने ‘ अहिले त हुनै छाड्यो ।’

उनका अनुसार शान्तिपुरमा अहिले लाखे नाच हुन छाडेको बताए । आफ्नो सस्कृतीप्रति बुढा पाकाले ध्यान नदिनु र नयाँ पुस्ताले चासो नदिएका कारण लाखे नाच हराएको उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D