gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा पासपोर्ट बनाउने घटे

अनिल खत्री
गुल्मी जिल्लामा गत बर्षको तुलनामा यो बर्ष पासपोर्ट बनाउनेको सङ्ख्यामा कमी आएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले आइतवार साँझ पत्रकार सम्मेलन गर्दै जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट प्रस्तुत गर्ने क्रममा सो कुराको जानकारी गराईएको थियो ।

जिल्लाबाट पासपोर्ट बनाउनेको संख्यामा कमी आएसँगै यसबाट उठ्ने राजस्वमा पनि कमी आएको छ । पासपोर्टबाट गत आर्थिक वर्षमा ३ करोड ६४ लाख ८२ हजार ५ सय रुपया संकलन भएको थियो । चालु आर्थिक वर्षमा २ करोड ४९ लाख ८५ हजार संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ ।

गत वर्ष भन्दा झण्डै २२ सय कमले पासपोर्ट बनाएका छन् । पासपोर्टको राजस्व हेर्दा चालु आर्थिक वर्षमा बिदेस जाने कम भएको हुनसक्ने आँकलन रहेको छ ।
nepal passport

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D