gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा पहिलो पटक धुर्कोट गापाले तोक्यो कटुवाललाई तलव, यस्तो छ उनिहरुको तलबमान

प्रेम सुनार
गुल्मी, भाद्र ८ । गुल्मी पहिलो पटक धुर्कोट गाउंपालिकाले सदियौं देखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गर्दै आएका कटुवालहरुलाई तलव तोकेको छ ।

कटुवालहरुले सम्मान जनक परिश्रमिक राज्यबाट पाउनु पर्नेमा उपेक्षित हुंदै मगन्तेले जस्तै गरी घर घरमा पुगेर मकैका झोंता उठाएर जिविका चलाउंदै आएका कटुवालहरुलाई धुर्कोट गाउंपालिकाले जनही ३६ सयका दरले तलव तोक्ने निर्णय गरेर उनिहरुको सम्मान गरेको हो ।
सदियौं देखि उकाली ओराली गर्दै गाउंवासीको सेवा गर्दै आएका कटुवालहरुलाई राज्यले उपेक्षा गरेकोले अव उनिहरुको तलवी कर्मचारीको सुरुवात गरेर देशैभर नै यसरी नै सम्वोधन गरियोस भन्ने सन्देश प्रवाह गर्न यस्तो निर्णय गरिएको धुर्कोट गाउंपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

यो वर्ष धेरै रकम भए पनि तलव व्यवस्थाको सुरुवात मात्रै गरिएको र क्रमशः बृद्धि गरिदै जाने प्रमुख पोखरेलको भनाई छ । उनका अनुसार धुर्कोट गाउंपालिका भित्र १७ जना कटुवालहरु रहेका छन् । भुरे टाकुरे राज्य कालमा गुठी जग्गा र गाउंगावासीबाट मुठी संकलन गरी तत्कालिन स्थानिय प्रशासनले कटुवाल राख्ने प्रथाको सुरुवात गरेको थियो ।

ऐतिहांसिक धुर्कोट कोटमा वाजा बजाउनेहरुले लगाउने पुवा पाठ र विवाह बढाईमा नगरा लागाउने संस्कृतिलाई निकै महत्वका साथ लिईन्छ । कटुवाल र नगरा लगाउने ब्यक्तिहरु सुरुमा परियार जातीका भए पनि पछि अन्य जातिका दलित समुदायले समेत गर्न थालेकाथिए ।
कोट मन्दिरमा पुजा चलाउने अङ्ग मध्येका दलितहरुलाई गुठी जग्गा वितरण गर्दा कोट मन्दिर रहेको टापु र रुखो स्थानमा र अन्य जातिका मानिसहरुलाई गैरी खेत र समथलबारी वितरण गर्दा अहिले सम्म आर्थिक असमानताको खाडल समेत यि समुदायको फराकिलो रहेको छ ।

यसरी कोट मन्दिर छेउंछाउंमा कटुवाल लगायत दशैमा हात हतियार मर्मत सम्भार गर्ने बिश्वकर्मा जातीहरु अहिले पनि चरम गरिवीमा रहेका छन् । जिल्लाभर कटृुवालहरु झण्डै पांच सयको सख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D