gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा जीप दुर्घटना, ८ जना घाइते

टोपलाल अर्याल
गुल्मी, ६ असोज । गुल्मी सदरमुकाम नजिकै बागमारेमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । तम्घासबाट धुर्कोट गाउँपालिकाको जैसीथोक जाँदै गरेको लु १ च ८८५७ नम्बरको रातो नम्बर प्लेटको जीप रेसुंगा नपा २ मा दुर्घटना भएको हो ।

दुर्घटनामा धुर्कोट गाउँपालिका ६ की २९ बर्षिय अनिता श्रेष्ट र उनका छोरा ५ बर्षिय भास्कर श्रेष्ट गम्भिर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए । बच्चाको टाउको र कानमा तथा आमाको टाउकोमा चोट लागेको छ । त्यस्तै धुर्कोट गाउँपालिका ७ का २१ बर्षिय बेल कुमारी घर्ति र वडा नं ४ का एउटै परिवारका ३९ बर्षिय कृष्ण भण्डारी, ६ बर्षिय जिविका भण्डारी, १२ बर्षिय युनिज भण्डारी घाइते भएका छन् ।

त्यस्तै वडा नं ६ का २० बर्षिय प्रकाश खडका र वडा नं ७ का ३७ बर्षिय सोविता सजेल घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरी जनाएको छ । सवैको शरिरका विभिन्न भागमा चोट लागेको छ । जीप चालक भास्कर जिसी फरार भएका छन् । अत्यधिक गतीका कारण घुम्टे मोड्न नसकेर गाडी दुर्घटना भएको पीडित कृष्ण भण्डारीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D