gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा च्याउ खेती बाटै बार्षिक १२ लाख रुपैँया आम्दानी

शंकर भुसाल
गुल्मी, कार्तिक १६ । गुल्मीमा दश हजार रुपैँयाको लगानीबाट च्याउ खेति सुरु गर्नु भएका एक व्यवसायीले अहिले झन्डै बार्षिक १२ लाख आम्दानी गर्न थाल्नुभएको छ । रेसुङ्गा नगर पालिका बसपार्क तम्घास गुल्मीमा बसोवास गर्दै आईरहनु भएका व्यवसायी भेक राज पाण्डेले गुल्मीको बसपार्कबाट २०६१ सालमा नगद रु दश हजार लागानि गरि च्याउ व्यवसाय सुरु गर्नु भएको हो । अहिले उक्त च्याउ खेति गुल्मीको च्याउ व्यवसायमा नमुना बनेको छ ।

च्याउ खेति लाई अझ फराकिलो र बिस्तार गर्न करिब पाँच रोपनी जग्गा तम्घासको खालाचौरमा लिई टनेल बनाएर गरिएको उक्त च्याउ खेति गुल्मी जिल्ला लगाएत छिमेकि जिल्लाहरु बागलुङ्ग र अर्घाखाँचि मा पनि जाने गर्छ । यस च्याउ व्यवसाय ले व्यवसायी भेकराज लाई मात्र होईन ५ ६ जनालाई रोजगारी पनि पुर्याएको छ । “बुटवल बाट बिउ ल्याउँदै आईराखेका छौँ अनि यसका लागी आवश्यक पर्ने पराल पनि पहिला त गाउँघरमै पाईन्थ्यो तर अहिले त तराई बाटै ल्याउँछौ ” पाण्डे ले भन्नुभयो ।

यसरी च्याउ खेति का लागी उहाँले पाँच रोपनि जग्गा बार्षिक ५० हजारमा भाडा मा लिनुभएको छ । च्याउ को बिउ लगायत चाहिने अरु सामाग्री पनि उहाँले काठमाण्डौ बाटै ल्याउनुहुन्छ । च्याउ पुर्ण रुपमा तयार भईसकेपछि कर्मचारी ले नै किलो किलो बनाएर प्याकिङ्ग गर्छन र आवश्यक परेको खण्डमा व्यापारी को पसलहरुमा छोडी दिने गरको उहाँका छोरा मनोज पाण्डेले बताउनु भयो । मनोज भन्नुहुन्छ “काम अलिग झन्झटिलो छ तर पनि रमाईलो लाग्छ यसरी आफ्नै गाउँ ठाउँमा बसेर व्यवसाय गर्न अझ गर्ब त रोजगार नपाएका कैयौँ लाई रोजगारी दिँदा लाग्दो रहेछ ।”तिन महिना जेष्ठ असार श्रावण महिनामा बाहेक यो खेति बर्षमा ९ महिना गर्न सकिन्छ । च्याउ पुर्ण तयार हुन सम्मका खर्च उहाँको करिब बर्षमा ६ लाख जति भेट्छ भने यति नै आम्दानी पनि हुन्छ ।

पराल लाई धोई पसिनो परि काटि यसलाई पानिमा २ तिन घन्टा पकाईन्छ अनि पराललाई पलास्टिक मा बिउ छरेर हावा छिर्ने स साना प्वाल बनाएर राखिन्छ ।यसरी पोको पारीएको पराल लाई बिउ छरेको २२ दिन पुगेपछि कागज थुतिन्छ अनि बिस्तारै च्याउ उम्रिन थाल्छ । ४५ दिनमा च्याउ तयार हुन्छ । “पहिला पराल काट्दा धेरै कामदार लाग्ने भएकाले बढी पैसा खर्च गरिरहेँ पोेहोर साल पराल काट्ने मेसिन किनेर ल्याए पछि त झनै सजिलो भएको छ ”। च्याउ व्यवसायी पाण्डे भन्नु हुन्छ । ७ जनाको उहाँको परिवार प्राय व्यवसाय मै व्यस्त हुन्छन । कामदार सँगै पराल धुनु काट्नु पकाउनु उहाँहरुको दैनिकि जस्तो बनेको छ अहिले । व्यवसायी भेकराज का छोरा मनोज पनि बिदेश जाने मनसाय नबनाई बुवा ले गर्नु भएको व्यवसाय मा सहायता गर्दै आईरहनु भएको छ । “पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने सोँचाई लाई त्यगी आफु र अन्य बेरोजगारी हरुलाई रोजगार दिने बातावरण तपाई आफै बनाउन सक्नुहुन्छ मनोज ले भन्नु भयो ” । यसै मा थप्दै मनोजले भन्नभयो “यति तपाई हृदय देखि नै लाग्नु हुन्छ भने केहि असम्भब छैन आफ्नै देशमा पैसा फलाउन सकिन्छ।”

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D