gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा एक वर्षमा २१ वटा सवारी दुर्घटना, ११ जनाको ज्यान गयो

अनिल खत्री
गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७३÷०७४ को एक वर्षमा २१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाका बिभिन्न स्थानमा बिभिन्न सवारी साधन दुर्घटनामा परेका थिए । जिल्लामा गत वर्ष भन्दा यो वर्ष दुर्घटनामा कमि आएको छ । जिल्लामा भएको दुर्घटनामा ट्रक २ वटा, बस २ वटा, जिप ७ वटा मोटरसाइकल ३ वटा, ट्याक्टर ७ वटा गरी २१ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

सवारी दुर्घटनामा ११ जनाको ज्यान गयो

आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा परि मर्ने गतवर्ष भन्दा कम मृत्युदर रहेको छ । सवारी दुर्घटनामा परि ७ जना पुरुष, ३ जना महिला र १ जना वालक रहेका छन् । सवारी दुर्घटनाबाट २६ जना गम्भीर घाइते र १६ जना सामन्य घाइते भएका थिए । जिल्लामा गत आर्थिक वर्ष २०७२÷०७३ मा २८ वटा सवारी दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि ३७ जना गम्भीर घाइते र १४ जना समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D