gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा आधुनिक बन्दै तिहारः दियो र माला पनि भारतबाट आयातित कृत्रिम

अनिल खत्री
३१ असोज, गुल्मी । गुल्मीमा तिहार पर्व पनि आधुनिक बन्न थालेको छ । दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने गरिएको छ ।

पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउँमा यो विस्थापित नै भएको छ ।

माटोको दियो बनाउने पनि घट्दै जानु र बजारमा बिभिन्न प्रबिधिहरु सहितका बत्तीहरु आउनुले यसको महत्व घटदै गएको मालिका गाउँपालिका रुद्रबहादुर अर्यालले बताए ।

गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो,पालाहरुमा बत्ति बाल्ने प्रचल हराउँदै गएको धुर्कोट गाउँपालिका नारायण पन्थीले बताए ।

तिहारका अवसरमा खेलिने देउसीभैलोमा समेत आधुनिकता मिसिएको छ । नयाँ पुस्ताले देउसीभैलोमा पनि आधुनिकता मिसाएको स्थानीयवासीको भनाइ छ ।

देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउँने गरिँदा परम्परा हराउँदै गरेको छ ।

संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसीभैलो खेल्न थालिएको पुराना पुस्ताको गुनाशो छ । ‘आजभोलीका नयाँ पिडिले देउसीभैलो खेल्दा पैसा धेरै दिनेलाई मात्र आषिश दिने थोरै दिनेलाई गाली गर्ने गर्छन, इस्मा-२ का गोपाल मुखियाले भने,’ मौलिक गीतहरु पनि गाउदैनन्, अरुले गाएका गीत बजाएर नाच्छन ।’

पुराना पुस्ताबाट नयाँ पिडिले सिको नगर्नुले चाडपर्वमा धेरै बिकृति भित्रिन थालेको उनले बताए ।

चाडपर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।
गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यावसायीहरुको तर्क रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D