gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको सिमीचौरमा ७ सय २० लिटर लोकल रक्सी बरामद

अनिल खत्री
गुल्मी, असोज ९ । गुल्मीमा प्रहरीले ठुलो परिमाणमा अबैध घरेलु मदिरा बरामत गरेको छ । प्रहरी टोलीले गुल्मी रेसुंगा नगरपालीका वडा नं.१० सिमीचौर बाट ७ सय २० लिटर अबैध घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बरामद गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामत पश्चात नष्ट गरेको प्रहरीले जनाएको छ ।

घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विभिन्न विकृती र बिसंगती फैलिरहेको भन्दै प्रहरीले घरेलु मदिरा बिक्री तथा उत्पादनमा कडाई गरेको छ । घरेलु मदिराको कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढ्दै जाने भन्दै प्रहरीले निन्त्रणमा कढाई गरेको उपरिक्षक द्धिबेदीले जानकारी दिए ।
gulmi raksi
चाडपर्वको समयमा झनै मदिरा सेवनबाट बिभिन्न घटनाहरु वढ्ने हुनाले पनि थप निगरानी वढाईएको प्रहरीले जनाएको छ । प्रहरीले सदरमुकाम सँगै ग्रामीण भेगका बस्तीहरुमा पनि अभियानलाई तिब्र पारेर लैजाने जनाएको छ । समाजमा धेरै जसो घटना हेर्ने हो भने पनि अधिकाँश घटना घरेलु मदिराकै कारण भएको भेटिन्छ ।

चाडपर्वलाई मध्य नजर राखेर गुल्मी प्रहरीले गुल्मीमा सुरक्षा व्यवस्थालाई थप बढाई गरेको छ । चाडपर्व मनाउन गाउँ फर्किनेहरुको सहजताको लागी प्रहरीले सदरमुकाम स्थित वस पार्कमा नागरिक सहायत कक्ष स्थापना गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D