gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको बाँझकटेरीमा लोकप्रीय कलाकारका धमका

गुल्मी, भदौ ३० – गुल्मीको मदाने गाउँपालिका – २ बाँझकटेरीमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मदाने युवा क्लबले विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
क्लबले असोज १६ देखि १८ गतेसम्म संचालन हुने कार्यक्रममा भलिवल प्रतियोगिता, मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने अध्यक्ष जय प्रकाश भुसालले बताए । त्यस्तै, उनले थपे – ‘असोज २१ गते विशेषज्ञ सेवा सहितको स्वास्थ्य सिविर संचालन गरिनेछ ।’

madane youth clubक्लबले विगतका वर्षहरुमा पनि आफ्नो वार्षिकोत्सवको अवसर पारेर उपरोक्त कार्यक्रमका अलावा आँखा शिविर संचालन, बिद्यालयलाइ शैक्षिक सामग्री वितरण, स्वास्थ्य सामाग्री वितरण, बिद्यार्थीलाइ छात्रवृत्ति वितरण, भवितव्यमा परेका तथा उपचार गर्न नसकेर थलिएका बिरामीलाई आर्थिक सहयोग लगायतका सामाजिक कामहरु गर्दै आइरहेको क्लबका उपाध्यक्ष शिशिर भुसालले बताए ।

असोज १८ गते संचालन हुने सांस्कृतिक कार्यक्रममा गायकहरु बिष्णु खत्री, शर्मिला गुरुङ, सन्तोष लम्साल, सुनिल थापा, शिशिर भुसाल, तुलसिङ्ग रनपछाई लगायतका थुप्रै कलाकारको प्रस्तुति रहने क्लबका सचिव बिक्रम जिएमले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D