gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको धुर्कोट गाउँपालिकाको बजेट २८ करोड ३५ लाख

हुमाकान्त पोखरेल
३ भदौ, गुल्मी । कृषिमा प्रविधि, रोजगार र पर्यटन, सुशासन र विकास, धुर्कोटको परिवर्तन भन्ने मुल नाराका साथ धुर्कोट गाउँपालिका गुल्मीको प्रथम गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकमा रहेको पाञ्चायन माध्यमिक विद्यालयमा भएको गाउँसभाले आर्थिक बर्ष २०७४/७५ का बार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाका बार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उनले प्रत्येक तहमा महिलाको ४५% सहभागिता, हरेक उपभोक्ता समितिको अध्यक्ष वा सचिवमध्ये एक पदमा अनिवार्य महिला र खाता सञ्चालनको लगि एकजना महिलाको हस्ताक्षर अनिवार्य, गरिवी निवारण कार्यक्रमअन्तरगत गाउँपालिकाका खरका छाना हटाई जस्तापाता वितरण, पर्यटन विकास, सिंचाई, युवा स्वरोजगार लगायतका वार्षिक नीति तथा कार्यक्रमहरु गाउँसभाले परित गरेको छ ।

dhurkot newsत्यस्तै विद्युत, एक घर एक धारा खानेपानी कार्यक्रम, मोटरबाटोको सहज पहुँज, अपाङ्ग, दलित, जनजाति तथा पिछडिएको वर्ग, महिला उद्यमशिलता, बालबालिका, हरेक विद्यालयमा बगैचा निर्माण, प्राविधिक शिक्षामा सहयोग, विभिन्न मोटरबाटो तथा घोडेटो बाटाहरु मर्मत संभार गर्र्ने लगायतको महत्वपूर्ण नीति तथा कार्यक्रमहरु गाउँप्रमुख पोखरेलले गाउँसभामा प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका बार्षिक नीति तथा कार्यक्रमहरुलाई गाउँसभाका सम्पूर्ण सदस्यहरुले शतप्रतिशत मतका साथ पारित गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले आर्थिक बर्ष २०७४/७५ को २८ करोड ३५ लाख आठ सय ५८ रुपैयाँ बराबरको अनुमानित आर्थिक आयब्यव प्रस्तुत गरेका थिए । जसमा आयतर्फ गत बर्षको मौज्जात रकम ५८ लाख १३ हजार आठ सय ५८, आन्तरिक राजस्वबाट १५ लाख, सर्शत सरकारी अनुदानबाट ११ करोण ३२ लाख आठ सय ५८ र निर्शत सरकारी अनुदानबाट १६ करोड ३५ लाख ६९ हजार ८ सय ५८ रहेको छ ।

त्यसैगरि ब्ययतर्फ विषयगत कार्यलयको सर्शत अनुदानको लागि ११ करोड ३२ लाख ११ हजार, गाउँपालिकाको चालुखर्चतर्फ ३ करोड चालिस लाख तथा समष्टिगत पुजींगत खर्चतर्फ १३ करोड ६३ लाख ५८ हजार ८ सय ५८ रहेको छ ।

गाउँसभाले आर्थिक विकासतर्फ एक करोड ५७ लाख १६ हजार दुई सय ५०, सामाजिक विकासतर्फ चारकराड ९४ लाख, पूर्वाधार विकासतर्फ पाचँ करेड ३१ लाख २५ हजार, वातावरण तथा विपद् ब्यवस्थापनतर्फ २६ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५६ लाख २८ हजार सात सय ५० र समपुरक कोषमा ६० लाख गरी कुल १३ करोड पाचँलाख ४५ हजार क्षेत्रगत बाँडफाड गरेको छ ।

गाउँसभाले साभाचौर खानेपानी योजनामा एक लाख ५० हजार, तल्लावेदना खानेपानी योजनामा दुई लाख, चोरपानी डालिनारुख घुम्टि हुँदै पिपलारुख हुँदै ढालिनारुख खानेपानी योजनाको लागि २ लाख, ढेडुवावारी सुफ्ला खानेपानी योजनाको लागि ४ लाख, कटुन्डाडा खानेपानी ब्यवस्थापनमा एक लाख ५० हजार, खालिखखोला मुहान संरक्षणमा ७५ हजार, ठूलाखोला पोखरी खानेपानी ट्ंयाकिं निर्माणमा एक लाख ५० हजार, कुकुरछहरा एक्लेपानी खानेपानी खानेपानी मर्मतमा एक लाख, मसुरेखर्क खत्रीटोल सोवारे टोल हिल ट्यांकिंको लागि एक लाख ५० हजार, अर्वेनी ओखलढुङ्गा लिफ्टिङ खानेपानी योजनाको लागि तिन लाख, कटौजे खानेपानी योजनामा दुई लाख, रानीचौर पधेरादेखि जलजला हुँदै पँधेरा ठूलापाट डाडाँखर्क हुँदै चौर खानेपानी योजनाको लािग ६ लाख, गणेश मावि–आर्योवेदिक औषधालय हुँदै हेल्थपोष्ट खानेपानी योजनामा ३ लाख, चौकोस खानेपानी योजनामा ३ लाख रुपैयाँ विनियोजन गरेको पत्रकार दधिराम खनालले जानकारी दिए ।

त्यस्तै महिला अभिमुखिकरणको लागि एक लाख ५० हजार, सिलाई कटाई तालिममा एक लाख ५० हजार, भुवा मन्दिर संरक्षणमा दुई लाख, सुपादेउराली पर्यटन ब्यवस्थापनको लागि एक लाख, अजिमिर कोट मन्दिर ब्यवस्थापनमा एक लाख ५० हजार, युवा तथा खेलकुद विकास कार्यक्रममा १० लाख, जैसिथोक कालापोखरा खेलमैदानमा पाँच लाख, परमानन्द बहुमुखि क्याम्पसको लागि १५ लाख, पाञ्चायन माध्यमिक विद्यालय कृषि प्राविधिकतर्फ १० लाख, इन्दिरा मावि दुई लाख ५० हजार, धुर मावि एक लाख ५० हजार, नयाँगाउ मावि एक लाख तथा जनज्योति माविको एक लाख गाउँसभाले विनियोजन गरेको छ ।

धुर्कोट गाउँपालिकाको प्रथम गाउँसभाले नमुना वस्ति विकास कार्यक्रमतर्फ ४९ लाख, स्वास्थ्य सेवा सहयोग १५ लाख, शिक्षातर्फ १४ लाख, महिला बालबालिका तथा ज्योष्ठ नागरिकको लागि २३ लाख, दलित सहयोग कार्यक्रम १० लाख, अपाङ्गको लागि पाचँ लाख, जनजाति आठ लाख, सहद तथा द्धन्द्धपिडित २० लाख, अत्यावश्यक खानेपानी तथा मर्मत संभारतर्फ ३५ लाख, लोक साँस्कृतिक संरक्षणको लागि सात लाख, गरिवि उन्मुलन कार्यक्रमअन्तगरत खरका छाना हटाई जस्ता पाताको लागि एक करोड ५० लाख तथा निर्माण मजदुरतर्फ ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरि पूर्वाधार विकासतर्फ पुदिना मसानघाट हुदैँ सुफ्ला मोटरबाटो पाचँ लाख, रातडाडा ठूलाचौर–सिंह–आरुपाटा मोटरबाटोको लागि पाँच लाख, गोलपोखरी–लाकुरीपाटा–अर्चलपोखरा मोटरबाटो एक लाख ५० हजार, लाहाटाँ–कल्लाट–रातामाटा घोडेटो मोटरबाटोको लागि एक लाख ५० हजार, धारापानी–साउनेखोला–हस्पिटर मोटरबाटो एक लाख ५० हजार, चिलिखोला–रौताडि मोटरबाटो चार लाख, नुनखोला–चौरासी मोटरबाटोको लागि चार लाख, गुफा सभाहल सभागृह निर्माणको लागि सात लाख, जैसिथोक हिमचुली महिला भवन एक लाख, जैसिगाँडे–लिफ्टिङ खानेपानी योजना १० लाख, डाडाँखाले लिफ्टिङ खानेपानी योजना १२ लाख ५० हजार, बस्तु–राताचौर–अडिरे मोटरबाटो दुई लाख, हुलाके–भुवान–नयाँगाउ सुन्दरपोखरा मोटरबाटोको लागि छ लाख तथा नयाँगाउ–बर्बोट सडकको लागि १५ लाख लगायतका विकासे आयोजनाहरुमा गाउँसभाले बजेट विनियोजन भएको गाउँपालिकाका कार्यकारी अधिकृत होमनाथ काफ्लेले बताए । गाउँसभामा गाउँपाकिा प्रमुख र उपप्रमुख, गाउँसभाका सदस्यरु, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D