gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको थामडाँडामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ थामडाँडामा गत सातादेखि फैलिएको भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ । गाउँमा अचानक रुपमा भाइरल ज्वरो फैलिएपछि थामडाँडामा अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालय जान छाडेका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी र स्थानीय स्वास्थ्य संस्थाबाट गएको टोलीले विद्यालयमै पुगेर शिविर सञ्चालन गरी औषधिपोचार गरेपछि भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीय स्वास्थ्यकर्मी ढालबहादुर जिसिले बताउनुभयो । टोलीले दुई दिनमा २४१ जना बिरामीको उपचार गरेको टोली प्रमुख एवं पौदिअमराई स्वास्थ्य चौकीका अहेब पदम अधिकारीले जानकारी दिनुभएको छ ।

भाइरलको ज्वरोको प्रकोपका कारण थामडाँडाका सरस्वती माध्यमिक विद्यालय, छत्र निम्न माध्यमिक र सिद्ध आधारभूत विद्यालयमा अध्यनरत अधिकांश विद्यार्थी एक सातादेखि विद्यालय नै जान छाडेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D