gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको अति विकट स्थान दर्लिङ्गमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

टोपलाल अर्याल
गुल्मी, ११ कार्तिक । मालिका गाउँपालिका २ दर्लिङ्ग दुनाम पाटाखर्क त्यो गाउँपालिकाकै दुर्गम स्थान हो । बिस्तारै गाउँ पस्दै गरेको विकासले दर्लिङ्गबासीलाई कम छोएको छ । जसका कारण त्यहाँका नागरिकले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । स्वास्थ्य मानव जीवनको संवेदनशिल क्षेत्र हो । जहाँ सामान्य उपचारका लागि घण्टौ हिड्नुपर्ने बाध्यता दर्लिङ्ग दुनाम पाटाखर्कबासीमा छ ।

साविकको वडा नं १ देखि ४ सम्मका स्थानीय सामान्य स्वास्थ्य सेवाका लागि दुई÷साढे दुई घण्टा हिडेपछि गन्तव्यमा पुग्छन् । त्यहाँका स्थानीयलाई नजिक भनेकै दर्लिङ्ग स्वास्थ्यचौकी हो । त्यस स्वास्थ्यचौकीमा पुग्न पनि एक देखि डेढ घण्टा लाग्ने वडा नं २ का वडाअध्यक्ष युद्धबिर घर्तिले बताए । साथै केहि व्यक्ति बाग्लुङ्गको भिमगिठे सम्म पुगेर सेवा लिएको गरेको वडाअध्यक्ष घर्तिले बताए ।

अब आधारभुत स्वास्थ्य सेवा घरदैलौमा

स्थानीयको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै अति विकट मानिने पाटाखर्कमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । मालिका गाउँपालिकाले त्यस स्थानका नागरिकले बर्षौदेखि भोग्दै आएको स्वास्थ्य समस्यालाई पुरा गर्नकै लागि सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । भौगोलिक अवस्थाका कारण हरेक पुर्वाधारले त्यहाँका नागरिक पछि परेका छन् । अब त्यो समस्या समाधान भएको छ । अहिले स्थापना भएको स्वास्थ्य इकाईबाट आधारभुत तहको प्राथमिक उपचार सजिलैसंग आफ्नै घरदैलोबाट लिन सकिने मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । आफुहरुको समस्या केहि हद सम्म भएपनि पुरा भएपछि स्थानीयबासी खुसी भएको उनले बताए ।

चुनावका प्रतिवद्धता पुरा गर्दैछौ ः गाउँपालिका प्रमुख थापा

सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार गाउँपालिकाका प्रमुख रित बहादुर थापाले शुभारम्भ गरेका छन् । स्वास्थ्य इकाईको शुभारम्भ गर्दै प्रमुख थापाले चुनावमा नागरिकसंग गरेका प्रतिवद्धता पुरा गर्ने चरणमा आफुहरु लागि परेको बताए । उनले यो गाउँपालिका भित्रका तीन स्थानमा पहिलो सामुदायिक स्वास्थ्य इकाई स्थापना भइसकेकाले अन्य दुई स्थानमा केहि दिनमै संचालन गरिने बताए । यो स्वास्थ्य इकाईबाट अव त्यस स्थानका करिव चार सय सय घरपरिवारका स्थानीयहरु आधारभुत स्वास्थ्य सुविधा लिने प्रबक्ता गिरीले बताए । यस पछि छापहिलेको छाप र अर्जेको कुमाल गाउँमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिने छ ।

स्वास्थ्यमा क्षेत्रमा झण्डै ३५ लाख बिनियोजन
अहिले मालिका गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा ३४ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेको छ । जसबाट सवै वडामा बर्थिङ्ग सेन्टर स्थापना गर्ने, अर्खबाङ्ग, ह्वाङ्गदी र अर्जेका बर्थिङ्ग सेन्टरको स्तर उन्नती गर्ने, महिला स्वयमसेविकालाई थप प्रोत्साहन भत्ता वितरण गर्ने, न्यानो झोला वितरण गर्ने, बर्थिङ्ग सेन्टरमा बच्चा जन्माएमा आमा शिशु पोषण कार्यक्रम अन्तरगत एक हजार थप गरि २४ सय रुपैयाँ प्रदान गर्ने गाउँपालिकाको स्वास्थ्य योजना रहेको कार्यकारी अधिकृत रिषीराम पन्थीले बताए । साथै १० लाख बराबरको औषधी खरिद तथा वितरण गर्ने कार्यक्रम पनि रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख थापा, उपप्रमुख देवा अर्याल, गाउँकार्यपालिका सामाजिक विकास समिति संयोजक श्यामलाल गिरी, भौतिक पुर्वाधार विकास समिति शोभाखर गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष युद्ध विर घर्तिको अध्यक्षता तथा गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयको व्यापक उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D