gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका खरेल जापानमा मृत फेला

आर्यन धिमाल
जापान । जापानको टोकियोमा एक नेपाली मृत्त अवस्थामा फेला परेका छन् । जापानको टोकियो स्थित मिनामीसेन्जु शहरमा बस्दै आएका ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा विहान मृत फेला परेको जनाइएको छ ।

bhimlal kharel japan
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकको रुपाकोट–९ दम्कुवा घर भएका खरेल मिनामीसेन्जु शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका थिए । मृतककी श्रीमती हरिकलाका अनुसार साँझ साढे ९ वजेतिर उनको फोन बन्द भईसकेको थियो ।
राती अवेरसम्म नभेटिएपछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो ।

उनको मृत्यु रहश्यमय रहेको दाजु शेषकान्त खरेलले जानकारी दिए । उनले भने–‘ भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनिसंग नभए पछि एकजना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताईएको छ ।

जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको रहश्यमय मृत्युको अनुसन्धान गरीरहेको जानकारी परिवारजनलाई दिएको छ ।
२२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेल करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दागर्दै होटल लाईनको काम सिकेर जापान आइपुगेका थिए । मजदुरी गर्दागर्दै खरेल पछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै रेष्टुरेण्टको संख्या चरवटा पुराए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D