gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका कैदीले लगाए भाइटिका

शिव शुबेदी
गुल्मी । गुल्मीका कैदीबन्दीले भाइटिका लगाएका छन्। जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन् ।

५३ जना पुरुष, ५ जना महिला र १ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा १० जनाले कारगार भित्रै भाईटिका लगाएका हुन् । उनीहरुले भाइटिका सुभसाइतमै टिका लगाएको कारगार गुल्मीका नाईके दिपक चन्दले जानकारी दिए ।

gulmi karagarभाइटिका लगाएपछि कैदी बन्दीहरू कारगार भित्रै देउसी भैलो खेलेर रमाइलो गरी भाइटिका मनाएका छन्। विभिन्न अपराधमा कारगार चलान भएका उनीहरूले कारगार भित्रै रमाइलो गरी भाइटिका मनाउन पाउँदा केही खुसीयाली छाएको बताएका छन् ।

कारगार गुल्मीका मुढा बुनाई, ढाकाका कपडा बुन्ने, आरन, कृषि लगायतका विभिन्न उद्योगहरू समेत सञ्चालनमा आएका छन् । सञ्चालित उद्योगबाट कैदी बन्दीहरूले राम्रो आम्दानी गर्दै आएको कारगार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D