gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका कैदीबन्दीलाई छैन मताधिकार

गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन आयोगले कर्मचारीले समानुपातिक मत हाल्न नपाउने व्यवस्था गरेसँंगै कैदीबन्दीको समेत मताधिकारको प्रयोग अन्योलमा परेको हो ।

यस अघिका केन्द्रीय निर्वाचनमा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्दै आएका भएपनि नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत हाल्न पाइने नपाइनेमा आफूलाई थाहा नभएको कैदीबन्दी बताउँछन् । ‘भोट हाल्न पाउनुपर्ने हो, अहिलेको चुनावमा के व्यवस्था गरेको छ । थाहा पाएका छैनौ ‘ आन्तरिक प्रशासनका चौकीदार दिपक चन्दले भने । उनका अनुसार पहिलेका केन्द्रीय चुनावमा कारागारबाटै मत दिएको बताउँदै यसपाली पनि मत दिन पाउनुपर्ने बताए ।
gulmi karagar
जिल्ला कारागार गुल्मीका प्रमुख गोपाल प्रसाद पाण्डेका अनुसार कैदीबन्दीले समानुपातिकमा मत हाल्न पाउने व्यवस्था रहेको बताउँदै यसपालीको निर्वाचनमा उनीहरुका लागि के व्यवस्था गरेको छ भन्ने बारेमा आफूलाई पनि जानकारी नभएको बताए । ‘अहिलेसम्म कुनै जानकारी छैन,उनले भने ,’कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि पाउँदैनन् होला ।’

पाण्डेका अनुसार विगतमा निर्वाचन नजिकिँदै जाँदा मतदाता शिक्षा सञ्चालन भैसक्थ्यो तर,यसपाली उनीहरुका लागि मतदाता शिक्षाको कुनै सुरसार छैन । पाण्डेले कैदीबन्दीले भेटघाटको क्रममा आफूसँग पनि भोट हाल्न पाइने नपाइनेमा सोधपुछ गर्ने गरेको बताए । उनले कारागारभित्र रहेका अधिकांश कैदीबन्दी मतधिकार प्रयोग गर्न सक्ने उमेरका समेत रहेको बताउँदै उनीहरुमध्ये कसैको मतदाता नामावलीमा नाम संकलन समेत नभएको पनि जानकारी दिए ।

कैदीबन्दीका लागि समानुपातिकमा मतदान गर्ने व्यवस्था रहेको भएपनि यसपालिको निर्वाचनमा आयोगले कुनै परिपत्र नगरेको निर्वाचन कार्यालय सूचना शाखाका कृष्ण पन्थीले जानकारी दिए । ‘कैदीबन्दीले समानुपातिकमा भोट हाल्न पाउँथे,उनले भने,’हिले कर्मचारीले नपाएपछि कैदीबन्दीले पनि नपाउने होलान् । ‘आयोगले कुनै निर्णय गरेर परिपत्र गरेको छैन,उनले भने,‘के व्यवस्था गर्छ सोही अनुसार जानकारी गराउँछौ ।’ उनका अनुसार आधिकारीक निर्णय नभएका कारण कैदीबन्दीलाई मतदाता शिक्षा समेत दिन अलमल परेको बताए । हाल जिल्ला कारागार गुल्मीमा एक बच्चासहित ६० जना थुनुवा तथा कैदीबन्दी रहेका छन् । -अन्नपूर्ण पोस्टबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D