gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका अर्यालको लण्डन भोगाई “थेम्स डायरी” बनेर आउने

सन्जु काउछा
गुल्मी स्थाई घर भई हाल बेलायतमा बस्दै आएका गुल्मीका एक युवाले “थेम्स डायरी” नामक पुस्तकको प्रकाशन गर्ने भएका छन् । झन्डै १ दशक देखीको आफ्नो लण्डन भोगाई, संघर्ष र सफलताको अनुभबहरुको सँगालो स्वरुप रवि अर्यालको उक्त पुस्तक प्रकाशित हुन लागेको हो । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ८ (साविकको तुराङ दाङसिङ) घर भएका अर्याल झन्डै १ दशक देखी बेलायतमा बस्दै आएका छन् ।

बुलबुल पब्लिकेशन मार्फत छिट्टै बजारमा आउन लागेको उक्त पुस्तकको फेसबुक मार्फत कभर सार्वजनिक गर्दै अर्यालले भनेका छन्, “लेखनको रहर उपन्यास बनेर निस्कन्छ होला भनेर सायदै सोंचेको थिएँ, तर सोख र इच्छाशक्तिको यो सिलसिला आज थेम्स डायरी सम्म बन्न पुगेको छ ।” उनी थप्छन्, “मेरो यो नवीन प्रयासमा सम्पूर्ण साथीभाइ, आफ्न्त र शुभचिन्तकको साथ सहयोग, माया र शुभकामनाको अपेक्षा गरेको छु ।”

आफ्नो लण्डन भोगाई र अनुभवको बारेमा अर्याल यसो भन्छन्, “कतिपय जीवन अस्तब्यस्त हुन्छन, त्यसले दिने अनुभव र अनुभूतिका पहेलीहरु असरल्ल बग्छन । सफलता र असफलता गौर हुंदैनन् । योजनाको बुनियाद कमजोर भएपनि सफलताको घर उजेलो हुन सक्छ । जलिरहेको दियोमा बढि तेल थपिदियो भने पनि बात्ती डुब्न सक्छ । निशन्देह; जिन्दगीको गणित साह्रै चाखलाग्दो हुन्छ।” थेम्स डायरी तिनै मिठा अनुभुतीहरु र तिता भोगाईहरुको दस्ताबेज बनेर बजारमा आउन लागेको हो ।
thames diary

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D