gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गीता नेपाली हत्याकाण्ड: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए (अडियो)

प्रेम सुनार
गुल्मी, असार १० । प्रेमको ढोंग रच्दै लामो समय देखि एक दलित महिला संग यौन मस्ती लिदै आएका ग्रैह दलित समुदायका प्रेमीले प्रेमीकाबाट विवाहको दववा आए पछि तिनै यौन मस्ती दिदै आएकी प्रेमीकाको हत्या गरी खोलामा फालेको खुलासा भएको छ ।

अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण गुल्मी पौदीअमराईकी ३५ वर्षिया गिता नेपालीलाई वाग्लुङ्ग राक्सेका ग्रैह दलित समुदायका प्रेमी १८ वर्षिय हिरा वलामी मगरले असार २५ गते राती हत्या गरी बढिघाट खोलामा फालेको वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयले खुलासा गरेको हो ।

बढिघाट गाउँपालिका वडा नम्वर २ , राक्से गाउँका वलामी मगर र गुल्मीको ईस्मा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आईकी नेपाली र वलाल मगर विच लामो समय देखि प्रेम र अनुचित सम्वन्ध रहेको खुल्न आएको र गीताले विवाह नगरे अव उजुरी वाजुर गर्छु भनेर दवाव दिए पछि जातिय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टी भएको वाग्लुङ्ग जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खातुनले जानकारी दिए ।

gita nepali murderउनले भने – ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो , गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आध भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ । ’ गीता नेपालीको शव असार २६ गते विहान खर्वाङ्गस्थि बढिघाट खोला किनारमा हरिचौर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठुलो जोखिम मोलेर वाहिर निकालेको थियो ।

अर्को दिन सम्म वेवरिसे रहेको उनको शव तव पत्ता लागेको थियो , जव उनिहरुले काम गर्ने स्थान लव्दीखोला मोटरेवल पुल निर्माण स्थल अली यतैको एक भट्टीमा गीता , उनकी भाउजु सिता र उनका प्रेमी वलाल मगर बसेर साँझ करिव ८ वजेको समय सम्म वियर लगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो ।
त्यस पछिको समयमा भाउजु पात्र सिता घर गएको र नन्द गीतालाई कसैको फोन आएर म पछि आउँछु भन्दै फर्केको भन्ने छ । ‘ उनकी भाउजु गीतालाई पनि बोलाएर अनुसन्धान गरेको हो तर उनको हत्यामा संलग्नता नदेखिए पछि छाडियो , हत्या गरेको चाँही वलाल मगरले नै खुलेकोले अभियुक्तलाई थुनामा राखी मुद्धा अगाडी बढाईको छ’–, एसपी खातुनले भने ।

यता गाउँमा भने यस घटनाका विषयमा नानथरी कुराहरु चलिरहेका छन् । कतिपयले महिला पात्रले त्यो उमेरमा आफु भन्दा आधा भन्दा बढि उमेरले कान्छो केटालाई ज्यान सुम्पीन नहुने धारण राख्छन भने कतिपयले ति महिला संग यौन मस्ती लिँदा केटाले जात खोजेन, जेठो कान्छो उमेर भनेन् , जव विवाह गर्न बाध्य हुनु प¥यो तव ज्यानै लियो, यसले समाजलाई सजग गराएको छ ।

समाजमा आएका यी दुवैखाले धारणहरु संग निश्चित रुपमा दलित महिलाहरु सजग हुन जरुरी देखिएको छ ।
सुनौँ अडियो कुराकानी:

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D