gulminews logo
शनिबार, २०८१ बैशाख ८

गाउँपालिका भित्रका खरका छाना हटाई टिन लगाउन १ करोड रुपैँया छुट्टाईयो: प्रमुख थापा

प्रेम सुनार
गुल्मी, कार्तिक १० । गुल्मीको निकै विकट मानिने मालिका गाउँपालिकामा रहेका खरका झुपडीहरुमा टिनका छाना लगाउन बजेट छुट्टाईएको छ । बढिजसो दलित जनजाती सहित अन्य विपन्न परिवार वसोवास गर्ने मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले सो कुराको जानकारी दिनुभएको हो । कार्यभार सम्हालेको सय दिन पुरा भएको अवसरमा अहिले सम्म के के काम गरियो त भन्ने प्रश्नमा उनले यस भेगमा भएका गरिव परिवारलाई माथी उठाउने कार्य पहिलो प्राथामिकतामा राखेर काम भई रहेको समेत बताएका हुन् ।

पहिले खरका झुपडीहरुमा टिनको छाना लगाई दिनका लागि लगत संकलन गरिएको । दुई वर्ष भित्रमा खरको छाना रहित मालिका गाउँपालिका बनाउनका लागि यस वर्ष एक करोड छुट्टाईएको उनले जानकारी दिए । उनले गरिवी निवारणका लागि विभिन्न सिप विकास तालिम, आय–आर्जनमुलक कार्यक्रम सञ्चालन गरिने र कृषि पेशालाई आधुनिक र व्यवसायीकरण गरिने बताए ।

उनले मालिका गाउँपालिका भित्र खानेपानीको समस्या समधान गर्ने गरी काम सुरु गरिएको , विद्युत नपुगेको गाउँमा विद्युत विस्तार गरिएको र यो सय दिनको अवधीमा अवरुद्ध सडकहरु दशै अघि नै सुचारु गरिएको बताए । मालिका गाउँपालिको नेटा,दर्लिङ्ग, ह्वाङदी र छापाहिलेमा बढि मात्रमा दलित र जनजातीहरु गरिवीको रेखामुनी रहेका छन् । घमिरमा दर्जनौं दलित परिवार सुकुम्वासी समेत रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D