gulminews logo
शनिबार, २०८१ बैशाख ८

गाउँपालिकामा सामुदायिक स्वास्थ्य क्लिनीक स्थापना

अनिल खत्री
गुल्मी, भदौ २३ । इस्मा गाउँपालिकामा सामुदायिक स्वास्थ्य क्लिनीक सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा न २ छल्दी पनाहमा शुक्रवारबाट स्वास्थ्य इकाई स्थापाना तथा सन्चालनमा आएको छ ।

वडा बिभाजन भैसके पश्चात् आधारभूत स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परिक्षण गर्न गर्भवती महिला, बालबालिका को खोप लगाउन पनि वडा न १ मा वा सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । वडा न २ म स्वास्थ्य संस्था नभएको अवस्थामा अहिले अस्थायी रुपमा भए पनि तत्काल जनताको घर आगन्बाटै सेवा दिन सुरु गरिएको इस्मा गाउँपालिका कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

यस भेगका जनतालाई नजिकै स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा लिने ठाउँ नहुँदा समान्य बिरामी पर्दा पनि सदरमुकाम तम्घास जानु पर्ने बाध्यता थियो । वडा स्तरमै स्वास्थ्य चौकीको माग गर्दै स्वास्थ्य मन्त्रालयमा माग गरि पठाइएको गाउँपालिका कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।
gulmi news
सामुदायिक स्वास्थ्य इकाईको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीलले एक कार्यक्रमका बिच उदघाटन गरेका थिए । स्वास्थ्य इकाईको उदघाटन गर्दै प्रमुख पराजुलीलले जनतालाई घरदैलो मै सर्बसुलभ तरिकाबाट स्वास्थ्य सेवा लिन मद्दत मिल्ने बताए । अब यस वडाका नागरिकलाई घरछेउमै स्वास्थ्य सेवा लिन पाउने पराजुलीले बताए । वडा बिभाजन पश्चात यस वडामा स्वास्थ्य सेवा लिनबाट बञ्चित जनतालाई यस क्षेत्रमा पायक पर्ने सबैले स्वास्थ्य इकाईबाट सेवा लिन पराजुलीले आग्रह गरे । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, जिल्ला जनस्वास्थ्य अधिकृत,गाउँपालिका कार्यकारी अधिकृत सरोज पोखरेल, वडा २ का वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिकाले मेडिकल कलेज, विभिन्न परोपकारी संस्थाहरुसँग समन्वय गरी वर्षमा चार पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए । इस्मा स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, साथै विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न टेलिमेडिसिन सेवाको सुरुवात गरिने कार्यक्रम गाउँपालिकाले अगाडी बढाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D