gulminews logo
शनिबार, २०८१ बैशाख ८

गाउँका लागी एम्बुलेस किन्दै दुवईमा कार्यरत गुल्मीका युवा

गुल्मी, भदौ ७ । विभिन्न सपना बोकेर युवाहरु विदेशिन्छन् । विदेशिनुको पीडा त हरेकलाई हुनछ आ–आफ्नो अवस्थामा । घरखर्चको जोहो गर्न र आफ्ना घरपरिवार बालबच्चाका लागि शिक्षा दीक्षा तथा लालनपालन गर्नु मुख्य उद्देश्य हुन्छ विदेशिने युवाको । गुल्मीको ररु गाउँपालिकाका युवाहरु भने पददेशमा रहेपनि गाउँ ठाउँको सामूहिक उद्देश्यका लागि पनि जुटेका छन् ।

विदेशमा दुःखले कमाएको रकमबाट केही सामाजिक सेवाका लागि छ्ट्टाएर गाउँपालिका मातहत एउटा एम्बुलेन्स सञ्चालन गर्ने अठोट सहित उनीहरुले अभियान शुरु गरेका छन् । दुवईमा कार्यरत सूर्यप्रसाद ज्ञवाली लगायतका युवाहरुले गाउँपालिकाका लागि एम्बुलेन्स किन्नका लागि शुरु गरेको आर्थिक सहयोग अभियानमा सहयोग जुटने क्रम जारी छ । अहिलेसम्म विभिन्न देशमा कार्यरत तथा नेपालमै रहेका रुरु गाउँपालिकाबासीले गरेको प्रतिबद्धता अनुसार ३ लाख ४० हजार ८ सय ७२ रुपैयाँ जम्मा भएको अभियानका संयोजक मध्येका एक ज्ञवालीले जानकारी दिए ।

अभियानको कार्यकारी समितिमा समयोजकद्वय सुर्यप्रसाद ज्ञवाली बाबुराम गोतामे सुनवार छन् । अभियान सदस्यमा इश्वरी ज्ञवाली, केशव ज्ञवली, कमल गौतम, निरञ्जन खड्का, लक्ष्मी ज्ञवाली र पदम श्रेष्ठ रहेका छन् । राजनीतिक उद्देश्य प्राप्ति वा नाफा कमाउनका लागि नभइ विसुद्ध समाजसेवाका दृष्टिले चलाइएको र एम्बुलेन्सको सेवा आर्थिक अवस्था अनुसार सके सम्म कम शुल्कमा उपलब्ध गराउने उनीहरुले जनाएका छन् । अभियानमा नेपालमा वा नेपाल बाहिर रहेकाहरुले सहयोग गर्न सक्नेछन् । अभियानबारे बुझ्नका लागि नेपालमा सम्पर्क ब्यक्ति पदम श्रेष्ठ (९८४७५०३९००)लाई तोकिएको छ । उनलाई फोन नम्बर मा सम्पर्क गरि यो अभियानमा सहयोग गर्न अभियान संचालकहरुले जनाएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D