gulminews logo
शुक्रबार, २०८० चैत्र १६

को हुन् पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ नियुक्त भएका गुल्मीका भुषाल ?

६ कातिक, काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ) मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो ।

को हुन् भुषाल ?
भुषाल २६ जेठ ०३७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । गुल्मी बाँझकटेरी जन्म घर भएका भुसाल हाल काठमाडौं कुलेश्वर आवास क्षेत्रमा बस्दै आएका छन् ।

उनको सुरुको नियुक्ति गृह मन्त्रालयअन्तर्गत विशेष प्रहरी विभागमा थियो । त्यसपछि ९ मंसिर ०४३ मा सहायक सचिव बनेका उनी २६ पुस ०५१ मा उपसचिव बने । २५ कात्तिक ०५४ मा सहसचिवमा बढुवा भए । १९ साउन ०६६ मा सचिव बढुवा भए । र, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा परे ।

पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै २७ चैत ०७० मा उनी अर्थसचिव बने । विशिष्ट श्रेणीमा पाँच वर्ष बिताएर ९ साउन ०७१ मा अर्थ मन्त्रालयबाटै सेवानिवृत्त भए ।

निजामती किताब खानाको रेकर्डअनुसार उनले निजामती सेवामा ३४ वर्ष एक महिना १७ दिन बिताए । मानविकी सेवामा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका भुसाल अर्थ प्रशासनमा बढी दख्खल राख्छन् ।

सेवानिवृत्त भएपछि उनले स्टाफ कलेज जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गरे । केही महिनाअघि मात्र उनले पदबाट राजीनामा दिएका थिए ।

भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीलाई सरकारले हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए । तर, कांग्रेस-माओवादी गठवन्धनको सरकारले डा. गोविन्द पोखरेललाई नियुक्ति दिएको थियो । -अन्लाईन खबरबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D