gulminews logo
बुधबार, २०८१ बैशाख ५

कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ तीज बिशेष कार्यक्रम गर्ने

कोरियामा बिभिन्न सामाजिक काममा अग्रसर हुदै आएको संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले समस्त हिन्दु हरुको महान चाड हरितालिका तीजको अबसर पारेर बृहत तीज गीतका साथै दरखाने कार्यक्रम आयोजना गर्ने भएको छ l

कोरियामा आफ्नो मौलिक कला र संस्कृतिमा एउटा छुट्टै पहिचान बनाएको उक्त संस्थाले यस पटकको तीज बिसेष कार्यक्रम कोरियामा रहेका स्थानीय कलाकारहरुको साथमा मनाउने भएको छ l स्थानीय कलाकार हरु चरित्र बिष्ट ,टिका पौडेल ,टिका सुबेदी ,रमिला गौतम तथा तारा तिर्सनाले उक्त कार्यक्रममा बेजोड प्रस्तुति दिने आयोजक कमिटीले जनाएको छ l त्यस्तै कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ l

कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरंजन लिन अनुरोध गरिएको छ l संघसंस्थाका प्रतिनिधिहरुलाई औपचारिक रुपमा पत्राचार नगरिएतापनि अनौपचारिक रुपामा निमन्त्रणा गरिएकोले उपस्थितिका लागि आयोजकले अपिल समेत गरेको छ l

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले गत बर्ष पनि आफ्नै मौलिकतामा तीज बिसेष कार्यक्रमको आयोजना गरेको थियो l यस पटक पनि उल्लेख्य नेपाली दाजुभाईदिदि बहिनीहरुको उपश्थिति हुनेमा बिश्वस्त रहेको समितिका अध्यक्ष गान्धिब सुबेदी बताउछन l

कार्यक्रम बारे थप जानकारी

स्थान – नारायणी प्यालेस सुवन गेट न. ९ र १० देखि सय मिटर अगाडी
समय – दिउसो ठिक १२ बजे देखि
मिति – अगष्ट २० २०१७ आइतबार

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D