gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

कोदो बारीमै पुगेर भोट मागे गुल्मी २ का काँग्रेस उम्मेदवारहरुले

कौरब खत्री
गुल्मी । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा काँग्रेसका उम्मेदवारहरु भोट माग्न मतदाताको खेतबारीमै पुग्न थालेका छन् । आफ्नो पक्षमा भोट माग्न र काँगे्रसलाई जीत बिहानैदेखि घरदैलोमा लाग्दै आएका उनीहरु खेतबारीसम्म पुगेर भोट माग्न थालेका हुन ।

भोट माग्न मतदाताहरुले धान काटिरहेको र कोदो टिपिरहेको खेतबारीमा पुगेका गुल्मी क्षेत्र नं. २ (क)का काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शालिकराम पन्थी भन्छन, देशको हरेक परिवर्तन ल्याउने र विकास निर्माणलाई अघि बढाउने पार्टी भनेकै काँग्रेस भएकोले आर्थिक समृद्धि, संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाको लागि काँग्रेसलाई मत मागिरहेका छौं ।

salik-panthiधान र कोदोबाली थन्क्याउने चटारोमा रहेका किसानहरुसँग घरमा भन्दा खेतबारीमा सजिलै भेटिने भएकाले आफूहरु घरदैलो अभियानलाई परिस्थितिअनुसार अघि बढाएको बताए । पन्थीले चुनावी सभाहरुमा काँग्रेस भनेको किसान र श्रमिकहरुकै पार्टी भएको उनीहरुले जन्माएको भन्दै किसानहरुलाई इतिहास नभुल्न आग्रह गरे ।

काँग्रेस र अन्य दलका उम्मेदवारहरु पनि धान काट्ने र भित्राउने समयका कारण आफ्नो चुनावी प्रचारलाई फरक शैलीमा गर्न बाध्य भएका छन् । आउँदो मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D