gulminews logo
शुक्रबार, २०८० चैत्र १६

के मदिरा पसलमा छापा मारेर जनप्रतिनिधिले गल्ती गरे ?

टोपलाल अर्याल
केहि दिन अघि इस्मा गाउँपालिका ४ को छेडा बजारमा प्रहरी र जनप्रतिनिधिले केहि मदिरा पसलमा छापा मारे । मदिरा बनाउने कच्चा पदार्थ सहित झण्डै साढे दुई लिटर घरेलु मदिरा समेत बरामत गरे । जनप्रतिनिधी, प्रहरी, दोहली महिला विकास समुहका प्रतिनिधी, बुद्धज्योती युवा क्लव र स्थानीय युवाहरुको रोहवरमा नष्ट समेत गरियो । जुन बिषयले समाजिक संजाल, गल्ली, चोक, चौपारी र युवाहरुको झुण्डका बिचमा धेरै चर्चा पायो । जहाँ जता जे प्रतिक्रिया आए वा आउँदैछन् र आउनेछन् । तर त्यो ठाउँ दारु पिएर दादागिरी देखाउनेहरुको पुरानो अखडा हो ।

टोपलाल आर्याल

त्यो ठाँउको इतिहास अघिल्लो पुस्तालाई राम्रोसँगै थाहा छ । थुप्रै व्यक्ति कुटिए । भने महिला केटाकेटी र अरु मानिसलाई त्यो ठाउँ क्रस गर्न मुस्किल पथ्र्यो । जहाँ आफै निहुँ खोजेर मान्छे पिटिएको वा दुब्र्यवहार सहनुपरेका तिता अनुभव छन् । यो सबै घरेलु मदिराको कारण हो । लामो दशकपछि पनि केहि अवशेष बाँकि नै छन् । छापा मार्नु नियोजित वा पुर्व योजना थिएन् । त्यो ठाउँमा केहि दिन अघि रक्सि खाने, रुख भाँच्ने, बाटो अवरोध गर्ने जस्ता क्रियाकलापहरु भइरहेका थिए ।

त्यो खबर पटकपटक प्रहरी र वडाध्यक्षलाई नआएका होइन्् । तर घटना दोहोरिदै गएपछि बाध्य भएर त्यो कदम चालियो । त्यो एउटा दुर्घटना थियो । जहाँ एकाएक छापा मारियो । साझँ धेरै अनलाईनमा फोटासहितका समाचार छापिए । ‘प्रहरी र जनप्रतिनिधिले मदिरा पसलमा छापा मारे ।’ समाचार सामाजिक संजालमा धेरै सेयर समेत भए । जसका कारण गाउँमा वडाध्यक्षज्यूलाइ कति फोन आए मलाई थाहा भएन । तर समाचार लेख्नेलाई त्यो भन्दा धेरै फोन आए । समाचार डिलीट गर्न समेत दवाव नआएका होइनन् । समाजिक संजालमा कनिष्टदेखि बरिष्ठ सम्मका कमेन्ट पनि हेरे । लाग्थ्यो समाज भन्दा फोहोरी फेसबुक र त्यसका प्रयोगकर्ता भएछन् । केहिले घरेलु मदिरालाई युवाको रोजीरोटीसंग जोडे, कसैले सस्तो लोकप्रियता भने, कतिले पार्टीसँग जोडेर ‘आफूले पालेको कुकुरले आफैलाई टोक्यो’ भनेर समेत फेसबुकमा लेखे । सोझो अर्थनै थियो । मैले भोट हालेर जिताएँ मेरैमा छापा मारियो वा मदिरा फालियो । उनीहरु चाहान्थे त्यहाँ जे भएपनि जनप्रतिनिधी वा प्रहरी प्रसासन आँखामा पट्टी बाँधेर बसोस् ।

खै हाम्रो समाजमा कस्तो खाले सामाजिक मनोबिज्ञान विकास भैरहेको छ । जहाँ भोट हाले बापत कार्यक्रताले बलात्कारमा छुट खोज्ने ? सामाजिक अपराधमा र ज्यान मार्ने उद्योगमा समेत छुटको आश गर्ने । घटनापछिका धेरै खाले तर्क मैले सुने । पूर्व सूचना गर्नुपथ्र्यो रे ? के अनुगमन र छापा सूचना बजाएर गरिन्छ ? हो पहिला ध्यानाकर्षण वा सूसूचित गराउनुपथ्र्यो । तर त्यो भएन अघिल्लो परिवेशले अचानक छापा मार्ने स्थिती निम्त्यो । संजालमा आफ्नो पार्टीको हैन होला, अर्को पार्टीको मान्छेकोमा त छापा मारे होलान भनेर पनि विद्धान मित्रहरुले कमेन्ट ठोके । गाउँका चोक र गल्लीमा कमसेकम आफ्ना मान्छेलाई त पूर्वसूचना दिनुपर्ने नि ? भनेर पनि कुरा काटिए । साथीहरु छापा मारेका मदिरा पसलका मालिकहरु जनप्रतिनिधिको पक्ष–विपक्षबाट हेर्नुहुन्छ भने पक्षकै थिए । यदी ती मालिक जनप्रतिनिधीको बिपक्ष पार्टीका हुन्थे भने अहिले लुकेर हिडनुपर्ने अवस्था आउँथ्यो । प्रसंग आफ्ना मान्छेलाई पूर्व सूचनाको । धन्न पुर्व सुचना गर्ने हिम्मत जनप्रतिनिधीले गरेनन । कतैबाट मलाई त पहिले फोन आयोे अनि लुकाईहाले भन्ने खबर लिक भएको भए ! प्रहरी र जनप्रतिनिधिको हैसियतले के हुने थियो ? जे होस् जनप्रतिनिधिले जोखिम मोलेकै हुन्, एकपटक होइन, निरन्तरता पाउनुपर्छ ? हिजो बाबुरामले जोखिम नमोलेको भए सहरका गल्ली, सडक बन्ने थिएनन् । भटराईलाई त्यो चुनौति सामना गर्न सजिलो थिएन् । अहिले कतिले भट्राईलाई सम्झन्छन् वा सराप्छन् त्यो फरकको बाटो बन्ला ।

समाजमा सबैभन्दा ठूलो समस्या घरेलु मदिरा बनिरहेको छ । दैनिक प्रहरी र जनप्रतिनिधिकोमा आउने घटनामा ९० प्रतिशत जाँड रक्सिकै कारण छन् । मदिरा सेवनकै कारण सत्यवति गाउँपालिकामा आफ्नै बाबुले ६ बर्षिया नाबालिका छोरीलाई बलात्कार गरे । सिमिचौरमा पनि एक युवाले बालिकालाई बलात्कार गरियो । इश्मामा श्रीमति हत्यो भयो । त्यो सबै मदिराकै कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जेलमा भएका ५० प्रतिशत कैदिबन्दी घरेलु मदिरा सेवनपछि आएको आपराधिक मनोबृद्धिका कारणले फसेका छन् । प्रत्येक टोलमा अहिले पनि बसिसक्नु छैन । सभा सम्मेलनमा उनीहरुकै उन्मात बढी छ । थुप्रैका घरबार विग्रिएका छन् । संजालमा चर्का कुरा काट्ने साथीहरु फर्केर गाउँटोलमा हेर्नुहोस । पुरुषमात्र होइनन, टोलटोलमा जाँड रक्सी खाएर भाँडभैलो मच्याउने महिला बढ्दैछन् । मैले रक्सिले लठ्ठीएर इस्माका गल्लीमा पल्टिएको थुप्रै महिलाका फोटा क्यामेरामा कैद गरेको छु । त्यो मेरो खुसी वा समाचारको बिषय थिएन् । मलाई सोच्थे समयमै तदारुक्ता नदेखाए अवको समाजको बाटो त्यहि हो ।

तपाईहरु त्यहि समाज र तिनिहरुकै प्रशंसा गरिरहनुभएको छ । समाजमा घरेलु मदिरा बाहेक अरु धेरै ब्यवसाय छन् । जुन व्यावसायबाट सजिलै अर्थोपार्जन गर्न सकिन्छ । हाम्रो समाज सरोकारवालाको चासो, चिन्तन र स्थानीयको सहयोगमा मात्र अगाडी बढ्छ । तर हाम्रो समाज राजनीतिक पूर्वाग्रह वा कनिष्ट सोचाइका कारण निष्क्रिय बनेको छ । अहिले समाजमा जे गर्न पनि छुट छ । त्यसैले मानिसहरुले स्थानिय सरकार र जनप्रतिनिधिलाई कठपुतली बनाउन र बनेको हेर्न चाहान्छ । अहिले पनि इस्मा क्षेत्र वा गाउँका बजारहरुमा अनुगम गर्ने हो भने पाचँ बर्ष अगाडीका चाउचाउ र फ्रुटि भेटिन्छन् । विभिन्न नाममा अत्याधिक मूल्य बृद्धि छ । तर त्यो हटाउने हिम्मत कसले राख्ने वा जोखिम कसले मोल्ने ? यदि जनप्रतिनिधिलाई वडा कार्यालयमा सिफारिस मात्र गर्ने हो भने । इतिहासमा गाउँका बजार अनुगम भएका छैनन् । न ब्यापारी सचेत छन् नत नागरिक नै । बजार अनुगमन गर्दा पनि कुन पसलबाट सुरु गर्ने ? प्रश्न गम्भिर छ । किनकि कुनै पार्टीलाई भोट दिएकै कारण मान्छे आफुले हरेक कुरामा छुट पाउनुपर्ने वा पार्टीबाट संरक्षण पाउनुपर्ने इच्छा राख्छ । पसल पनि कुनै नेता, कार्यक्रताद्धारा नै संचालित छन् । अनुगमनपछि उसले के भन्छ चुनावमा त्यत्ति गरेर भोट दिए, अहिले मेरोमा छापा मार्र्ने ? मेरो सामान फालिदिने वा मलाई त पूर्वसूचना दिनुपर्ने नि ? यो सामाजको भयानक रोग हो ।

अहिले पनि सरकारी कर्मचारी र प्रशासन राजनीतिक छत्रछायाँमा घुमिरहेका छन् । गाउँमा आयब्यय सार्वजनिक नभएका दर्जनौ संघसँस्था छन् । सार्वजनिक सम्पत्तिको अपचलन भएको छ । सार्वजनिक स्थल मिचिएका छन् । खै कहिले भए हाम्रा गाउँमा सार्वजनिक सुनुवाई ? अनि सामााजिक परिक्षण । कति बजे कार्यलय खुल्यो र कति बजे बन्द भयो ? के कसैले चासो दिए वा सोधे । अवस्था अझै उस्तै छ । कसलाई गालि गर्नु वा कसलाई पिर्नु । उ पनि राजनैतिक कार्यकर्ता त हो नी । त्यसकै कारण आज उ पनि भोटको आडमा जनता ठग्न चाहान्छ । त्यहाँ कोहि बोल्दैनन, कसैले उसका करतुत खोल्दैनन । समाजमा केहि गर्न खोज्ने जहिले पनि एक्लो बृहस्पति बन्यो । किनकी पछाडिबाट औला लगाएर ठड्याउने र पछार्नेको जमात वढी छ । त्यसैले पाचँ बर्ष निदाएरै धकेल्ने जनप्रतिनिधिलाई मैले भन्नु केहि छैन । चुनावकै खर्चले थलिएका जनप्रतिनिधिलाई पनि कोट्याउनु छैन । जनताको स्पष्ट बहुमत पाएर पनि बादशाहालाई नै सोध्न पुग्नुहुन्छ भने पनि मेरो कुनै गुनासो छैन । ‘जनप्रतिनिधि’ साँच्चिकै जनताको प्रतिनिधी हो । प्रत्येक पल तपाईका जोखिम छन् । साहसका साथ बोल्नुस् । बर्षैदेखि जरा गाडेका सोच र प्रथा विस्तार समाजमा खोल्नुस् । साथ र समर्थन अवश्य पाउनुहुनेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D