gulminews logo
शनिबार, २०८१ बैशाख ८

कुलमानलाई ३ करोड नेपालीको सलाम: नेपाल विद्युत प्राधिकरणको झन्डै ८ अर्ब घाटा घटाए

लामो समयदेखि निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा नोक्सान उल्लेख्य रुपमा घटाउन सफल भएको छ ।

गत आवमा विद्युत प्राधिकरणको नोक्सान घटेर ९७ करोड रुपैयाँमा झरेको छ । अघिल्लो आवमा प्राधिकरणको नोक्सान ८ अर्ब ८९ करोड रुपैयाँ थियो । कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि भएका सुधारका कार्यक्रम प्रभावकारी भई नोक्सान घटेको हो । यसबीचमा चुहावट नियन्त्रण, व्यवस्थापनमा सुधार, आयोजना पूर्ण क्षमतामा सञ्चालन र भारतबाट सस्तो दरमा बिजुली खरिद गर्दा नोक्सान ७ अर्ब ९२ करोड रुपैयाँ घटेको हो ।

गत वर्ष विद्युत प्राधिरकरणले बिजुली बिक्री र अन्य स्रोतबाट गरी ५० अर्ब २२ करोड रुपैयाँ कारोबार गरेको घिसिङले जानकारी दिए । उनले ४७ अर्ब ८२ करोड रुपैयाँ खर्च भई २ अर्ब ४० करोड रुपैयाँ सञ्चालन नाफा भएको जानकारी दिए । सरकारलाई ब्याजबापत ४ अर्ब रुपैयाँ बुझाउँदा पनि नोक्सान १ अर्ब तल झरेको उनले जानकारी दिए ।

विद्युत प्राधिकरणले पेश गरेको पुनर्संरचना योजना मन्त्रिपरिषदले जस्ताको त्यस्तै स्वीकृत गरेको भए यो आर्थिक वर्षदेखि प्राधिकरण नाफामा जाने उनको भनाइ छ । प्राधिकरण अन्तर्गतका सबै आयोजना ९९ प्रतिशत सञ्चालनमा रहेका र मर्मतका लागि कालिगण्डकी एक महिना बढी समय बन्दा हुँदा उत्पादन लक्ष्य शतप्रतिशत हुन नसकेको घिसिङले जानकारी दिए ।

बिजुलीको माग ९ प्रतिशत बढ्दा पनि अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बिजुली आपूर्तिको अवस्था सहज रहेको भन्दै लोडसेडिङ नहुने उनले स्पष्ट पारे । उनले यो वर्ष मुलुकमा उत्पादन बढेकाले भारतबाट बिजुली आयात कम हुने सम्भावना रहेको बताए ।

माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी भएर निकासीको सम्भावना भए पनि सुख्खायामको ५ महिना भारतबाट केही परिमाण बिजुली आयात गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । उनले नोभेम्बरदेखि जुनसम्म बिजुली आयात हुने संभावना रहेको स्पष्ट पारे । भारतको बिहार र उत्तरप्रदेश सरकारसँग वर्षामा बढी भएको बिजुली निर्यात र सुख्खामा आयात हुने गरी ऊर्जा बैंकिङ अवधारणमा दुवै राज्यका मुख्यमन्त्री सकारात्मक भएका छन् ।

विद्युत प्राधिकरणको वितरण प्रणाली क्षमता पूरा भइसकेको बताउँदै उनले प्रसारणलाइनको क्षमता कम भएकाले उद्योगलाई थप बिजुली दिन नसक्ने अवस्थामा रहेको घिसिङले सुनाए । उद्योगबाट अझै २ सय मेगावाट थप बिजुली माग भएको उनले जानकारी दिए । देशभरको वितरण प्रणाली बढीमा २ हजार मेगावाटसम्म भएको भन्दै उनले १० हजार मेगावाट बिजुली आयात हुने गरी प्रणालीको क्षमता बढाउनुपर्ने बताए ।

गत वर्ष ३८० मेगावाट बिजुली भारतबाट आयात भएको जानकारी दिँदै उनले यो वर्ष थप २ सय मेगावाट आयातका लागि आवश्यक संरचना तयार भइसकेको जानकारी दिए । हाल प्राधिकरणले साढे २ सय मेगावाट मात्र बिजुली भारतबाट आयात गरिरहेको छ । कटैया–कुसाह, परवानीपुर–रक्सौल १३२ केभी लाइनबाट १ सय र ढल्केबरमा सवस्टेशन निर्माणपछि थप १ सय गरी कुल २ सय मेगावाट बिजुली भारतबाट आयात गर्ने संरचना तयार भएको घिसिङले सुनाए ।

एक वर्षमा बिजुली चुहावट ३ प्रतिशत घटेर २२.९ प्रतिशतमा सीमित भएको उनले जानकारी दिए । हाल चुहावट २२.९ प्रतिशत छ । प्रतिव्यक्ति बिजुली खपत १७० युनिट पुगेको छ । सवाल नेपालबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D