gulminews logo
बुधबार, २०८१ बैशाख १२

कालिगण्डकी करिडोरमा गाडी चल्न थाले, गुल्मी पनि चिनसँगको सडक मार्गमा जोडीयो

गुल्मी, असौज १० । चीन जोड्ने माथिल्लो मुस्ताङको कोरला नाका देखी सुनौलीबाट भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्येको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ ।

ट्रयाक खोल्ने काम केही समय पहिलेनै सम्पन्न भएपनि उद्घाटन गर्ने भन्दै एक हुल नेता र सैनिक अधिकारी लिएर सेनापति रमिन्द्र क्षेत्री मंगलबार हेलिकप्टरमा कोरिडोर अन्र्तगत पर्ने जैमिनीघाट पुगे । बेलीब्रिजको उदघाटन गर्न भन्दै पुगेका क्षेत्रीले नेपाली सेना र यहाँका जनताको पहलमा खोलिएको सडकले यहाँकै विकासमा कोसेढुंगा सावित हुने बताए ।

kaligandaki-newचीन र भारतबीचको दुई देशीय पारवहनका निम्ति समेत महत्पूर्ण हुने अपेक्षा गरिएको सो सडकको ट्रयाक खोल्ने काम सेनाले ३३ करोड रुपैया खर्चेर पुरा गरेको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका हुँदै म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा,बुटवल हुँदै भारतसम्म सिधा यातायात जोडिएको करिडोर ४ सय ३५ किलोमिटर छ ।

करिडोरको ट्रयाक खुलेपछि यस क्षेत्रमा १० लाख ३० हजार जनसंख्याको बसाईसराई कम हुने, १ लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाई व्यवसाय गर्न सकिने, वार्षिक ४ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्न सकिने तथा ऐतिहासिक स्थानलाइ प्रवद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको आयोजनाले तथ्यांक निकालेको छ ।

सडक आसपास क्षेत्रका धार्मिक तथा साँस्कृतिक एव पर्यटकिय क्षेत्रहरु मुक्तिनाथ,गलेश्वर,बागलुङ कालिका,सेतीवेणी,रिडि,रानीघाट,राम्दी लगायतका विकासका साथै लामो समयदेखी बन्द रहेको बलेवा विमानस्थल सञ्चालनमा समेत सहयोग पुग्ने सो क्षेत्रका स्थानीयले अपेक्षा गरेका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D