gulminews logo
शनिबार, २०८१ बैशाख ८

कान्छि दिदी र चन्द्र केसी विरुद्ध गुल्मी जिल्ला पार्टी खनियो

प्रेम सुनार
गुल्मी, असोज–२१ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस गुल्मीलाई असहयोग गरेको भन्दै त्यस पार्टीका पुराना नेता र नेतृ सुवर्ण ज्वारचन ( कान्छि दिदी र चन्द्र केसी विरुद्ध सो पार्टीको जिल्ला संगठन सर्वसम्मत ढंगले खनिएको खुलासा कांग्रेस नेताहरुले नै गरेका छन् । तिन दिन अघि नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीको बैठक बसेर कान्छि दिदीले स्थानिय तहको निर्वाचनमा जिल्ला पार्टी संगठनको निर्देशनलाई अटेरी गरेको र चन्द्र केसीले पार्टी सभापति भुवनप्रसाद श्रेष्ठललाई रेसुङ्गा नगरपालिकाको मेयरमा हराउन लागि परेको ठहर गर्दै केन्द्रमा उनिहरुको बारेमा ध्यानकृष्ट गराईएको सभापति श्रेष्ठले आज खुलासा गरेका हुन् ।

‘चन्द्र केसी जीले पदयि दायित्व निर्वाह नगरी मलाई मेयरमा हराउन अन्तर्घातलाई मलजल गरेको र कान्छि दिदीले पार्टी निर्देशन अटेरी गरेकाले उहाँहरुलाई जिल्ला पार्टीले सर्वसम्मत रुपमा केन्द्रको ध्यानकृष्ट गराएको छ ’–सभापति श्रेष्ठले भने ।

हाम्रो थप जिज्ञाषामा श्रेष्ठले थपे –‘ स्थानिय तहको निर्वाचनताका चोरकाटेमा कान्छि दिदीले भाषण गर्दा माओवादी संग तालमेल गरे क्षेत्रिय सभापति पारिश्वर ढकाल , जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र नेता चन्द्र भण्डारीको हातखुट्टा भाँचेर बडिघाट खोलामा फालि दिन्छु जस्ताा अभिव्यक्ति समेत दिनु भएको सत्य हो । चन्द्र केसी जीले मलाई हराउन अन्तर्घात गरेको पाईयो यसर्थ उहाँहरुको असहयोग विरुद्ध यस्तो निर्णएँ गरिएको हो । ’

chandra_bhandariकेसी र कान्छि दिदी विरुद्ध बहमुत जुटाउन सक्नुले श्रेष्ठ नेतृत्वको जिल्ला पार्टी बलियो रहेछ भन्ने बुझ्न सकिन्छ । सभापति श्रेष्ठ पौड्याल गुटको मानिए पनि केहि वर्षयता सवैलाई मिलाएर लैजानु पर्ने मानसिकतामा देखिएको उनका एक कार्यकर्ताको भनाई छ । केन्द्रिय सदस्य चन्द्र भण्डारी , सभापति श्रेष्ठ र सचिव खिलध्वज पन्थी लगायतको यहाँको ‘हाईकमाण्ड’ वलियो खम्बाको रुपमा उभिएको यस निर्णयले स्पष्ट पारेको कार्यकर्ताहरुको प्रतिकृया रहेको छ ।

चन्द्र केसी खुमबहादुर खड्का गुट र कान्छि दिदी शेरबहादुर देउवा गुटमा रहेको कार्यकर्ताहरुको ठम्याँईछ । यस सम्वन्धमा नेता चन्द्र केसी संग सम्पर्क राख्दा उनले जिल्ला पार्टीमा उठेका केहि गुनासाहरुलाई लिएर केहि पक्षधरले तिललाई पाहड मात्रै बनाउन खोजेको प्रतिकृया दिए । ‘हरि केसी लगायतले चुनावमा अपेक्षा गरे अनुरुपको सहयोग तपाईले गर्नु भएन जस्ता कुराहरु राखेका थिए । त्यसलाई कार्बाही गरेको भन्दै केहि मिडियाहरुमा आएको समाचारलाई म यसै मिडियाद्धारा खण्डन गर्दछु’ केसीले भने– पुर्वग्रही र कपोकल्पीत हल्ला फिजाईएको मात्र हो ।’

उनले २ नम्वर क्षेत्रबाट आफुलाई सभासद उमेदवारका लागि पार्टीले एक नम्वरमा सिफारिस गरी रहेको र पार्टीमा गुट उपगुट र कुनै मतभेद समेत नरहेको दावि गरे । कान्छि दिदी संग भने सम्पर्क हुन सकेन् । सभापति श्रेष्ठले भने वामपन्थी गठवन्धनको चर्चा संगै उमेदवार छनौटमा समेत अन्यौलता छाएकोले केन्द्रको निर्णय कुर्दै बसेको बताए । चन्द्र केसी पुर्व जिल्ला पार्टी सभापति, जिल्ला विकास समितिको सभापति भई सकेका र अहिले महासमिति सदस्य हुन् । कान्छि दिदी पनि उनि भन्दा पुरानी नेतृ हुन् । पुर्व वाणिज्य राज्य मन्त्री र चन्द्र केसी कै पालामा उनले जिविस उपसभापति जितेकी थिईन् ।

उनि संघिय तहको निर्वाचनमा एमाले सचिव गोकर्णराज विष्ट संग चुनावी भिडन्तमा होमिदै छन भन्ने चर्चा छ । उता क्षेत्र नम्वर १ मा एमालेका अर्का सचिव प्रदिप ज्ञवाली संग चन्द्र भण्डारी भिड्ने चर्चा छ । प्रदेशमा भने एमालेका नेता एवं पुर्व सांसद कमलराज श्रेष्ठको नाम बढि चर्चामा छ । उनि संग कांग्रेसबाट श्रीप्रसाद भलामी भिड्ने हुन कि अरु कुनै नेता हुन ? त्यो भने टुङ्गो लागेको छैन् । चर्चा र सम्भावना बोकेका नेताहरु गत स्थानिय तहको चुनावी खर्चलाई स्मरण गर्दै पैसा खोज्ने चक्करमा लागेको स्थानियहरु बताउँ छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D