gulminews logo
शुक्रबार, २०८० चैत्र १६

एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित निकाल्यो

काठमाडौं, कार्तिक २६ । नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि रोमाञ्चक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो।

नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो।नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले ४६ रन जोडे।

३८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका उनलाई नेपालका कमलसिंह ऐरीले बोल्ड गरेका थिए। दीपेन्द्रसिंह ऐरीले आदित्य ठाकरेलाई २३ ओभरको अन्तिम बलमा १३ रन बनाएर खेलिरहँदा डलबिडब्लूको धरापमा पारे।

मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए। मनोजलाई पवन सर्राफ र सलमानलाई साहब अलामले आउट गरे। अनुज रावलले २६ बलमा १८ रन जोडे। तनुस कोइटेन शून्य रनमा आउट भए।

अभिषेक शर्मा २७ रन बनाएर खेलिरहँदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो। लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले मन्दीप सिंहलाई शून्य रनमा आउट गरे। ऐरीले नै शिव सिंहलाई ९ रनमा आउट गरे।

नेपालका कप्तान ऐरीले ४ विकेट लिए। पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।

त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो।नेपालका लागि कप्तान ऐरीले सर्वाधिक ८८ रन जोडे।

उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए।ओपनर जितेन्द्र सिंहले ३६ रनको योगदान गरे। उनले ९५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सके।

अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए। भीम सार्कीले १५ रनको योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए। पवन सर्राफ १ रनमै पेभेलियन फर्किए। कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए।

सन्दीप लामिछानेले नटआउट ९ र किशोर महतोले नटआउट ७ रन जोडे।बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले २–२ विकेट लिए। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अथर्व टइडेले १–१ विकेट हात पारे।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D