gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

इस्मा गाउँपालिकाले आफ्नै रेडियो चलाऊने, ४ सय घरका छाना फेर्ने अनी एक घर एक धारा जोड्ने

गुल्मी, भदौ २१ । इस्मा गाउँपालिकाले सूचना प्रविधिको विकास र नागरिकको सुसुचित हुने अधिकारलाई मध्य नजर गर्दै गाउँपालिकले आफ्नै लगानीमा रेडियो सञ्चालन गर्ने भएको छ । रेडियो सन्चालनको लागि गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट बिनियोजन समेत गरेको छ । गाउँपालिकाका हरेक गतिविधिहरु नागरिकसम्म र नागरिकका समस्याहरु गाउँपालिकासम्म ल्याउन रेडियो सञ्चालनको तयारी गरिएको गाउँपालिका कार्यकारी अधिकृत सरोज पोख्रेलले बताउनुभएको छ ।

त्यस्तै गाउँपालिकाले एक वर्षको अवधिमा चार सय घरका खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिने भएको छ । ‘नागरिकलाई हाम्रो भर विपन्नलाई सुरक्षित घर’ भन्ने नारालाई आत्मसाथ गर्दै इस्मा गाउँपालिकाको गाउँसभामार्फत खरका छाना हटाउन एक करोड रुपैैयाँ विनियोजन गरिएको हो ।

खरका छाना विस्थापित गर्नका लागि खरका छाना भएका घरहरुकोे तथ्यांक संकलन गर्ने काम सुुरु भइसकेको गाउँपालिका कार्यकारी अधिकृत पोख्रेलले बताउनुभयो ।

गाउँसभाले सवैको घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनका लागि ‘एक घर एक धारा ः टोलटोलमा संरक्षित मुहान र पँधेरा’ कार्यक्रम लागु गरेको छ । कार्यक्रम सञ्चालनका लागि एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यकारी अधिकृत पोख्रेलले जानकारी गराउनुभयो ।

त्यस्तै विद्यालयमा छात्राहरुको सुरक्षित महिनावारीका लागि स्यानेटरी प्याडको व्यवस्था गर्नका लागि समेत बजेट विनियोजन गरिएको छ । गाउँ सभामा शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति तथा पर्यटन, प्राविधिक सीप, सुत्केरी भत्ता बृद्धि गर्नेदेखि प्रयोगशाला स्थापना गर्नेसम्मका योजना बजेटमा समावेश गरिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D