gulminews logo
शुक्रबार, २०८० चैत्र १६

इस्माली समाज काठमाण्डौद्धारा छात्रवृत्ती वितरण

टोपलाल अर्याल
गुल्मी, २७ असोज । इस्माली समाज काठमाण्डौले इस्माका तीन बिद्यालयका बिद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । प्रेमनाथ स्मृति छात्रवृत्ति कोषबाट साविकका दोहली, दर्लामचौर र रजस्थलका माविबाट एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई छात्रवृति वितरण गरिएको हो ।

समाजले प्रत्येक बर्ष बिजया दशमी तथा शुभदिपावलीको अवसरमा छात्रवृति वितरण गर्ने गरेको छ । यो बर्ष एसइइ परिक्षमा सवै भन्दा बढि अंक ल्याउने रामराज्य माविका गोमा बस्नेत, द्धतिय स्थान प्राप्त गर्ने ठाढुङ्गा माविका बिनोद पछाई र तृतिय स्थान प्राप्त गर्ने आनन्दपुर माविका ज्ञानुमाया अर्याललाई छात्रवृति वितरण गरिएको छ । प्रमुख अतिथी इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले उत्कृष्ट बिद्यार्थीहरुलाई नगद र प्रसंसा पत्रले सम्मान गरेकी थिइन् ।

ishmali samaj scholorshipछात्रवृति वितरण गर्दै खत्रीले आगामी दिनमा कोषको दायरा फराकिलो बनाएर इस्मा गाउँपालिकाको शैक्षिक विकासमा आफुहरुसंगसंगै लाग्न आग्रह गरिन् । त्यस्तै बिशेष अतिथी स्रोत व्यक्ति लाल बहादुर कुवंरले समाजले गरेका काम प्रसंसनीय भएपनि सोचजति सक्रिया देखाउन नसकेको प्रति दुख व्यक्त गरे । साथै उनले समाजले आफ्नो दायरा र क्रियाकलाप बढाएर सक्रियाता देखाए इस्मा क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए । त्यस्तै संस्थाको तर्फबाट अध्यक्षता गरेका समाजका कोषध्यक्ष शिवलाल खडकाले आगामी दिनमा संस्थाको बिधान परिवर्तन गरेर गाउँपालिकाका सवै माविबाट उत्कृष्ट हुने बिद्यार्थीलाई छात्रवृति बितरण गरिने बताए ।

कार्यक्रममा इस्मा गाउँपालिका ४ का वडा सचिव भिमप्रसाद पोख्रेल, इस्माली समाज काठमाण्डौका सदस्य खिमराज अधिकारी, आनन्दपुर माविका प्रध्यानाध्यापक शंकर गैर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन समाजका सदस्य निर्मल पोख्रेलले गरेका थिए ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D