gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अाेमनमा एक नेपालीको दुखद निधन

जयराम ज्ञवाली
ओमान, भाद्र ४ । करिब ५ महिना अगाडि रोजगारीको लागी ओमान आएका नेपालीकाे दुखद निधन भएको छ । नेपालगंज बसपार्क बाईपास रोडका २४ बर्सिय मोहन मल्लको शुक्रबार राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

मल्ल छ महिना अघि मात्रै नेपालगंजको कर्णाली ओभरसिज हुंदै काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप (OIG) कम्पनीमा कामको लागी आएका थिए । उनी बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्थे भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा थियोे । शुक्रबार बिदाको दिनमा उनलाई सुतिरहेको अबस्थामा मृत भेटिएको थियो । दिनभर साथीभाईसंग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मोहन बिहान नउठे पछि उठाउन खोज्दा उनको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले बताएका छन् ।

कम्पनीको यो क्याम्पमा करिव १४/१५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ल लाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियोे । नेपालगंज भृकुटीनगरका भुपाल थापा भावुक हुँदै भन्छन् ” मोहन नयाँ थियो उसलाई भासा त्यत्ति आउदैंनथियो, राती १/२ पटक त कराएको थियो रे तर नेपालिमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन, त्यो अवस्थामा कोहि नेपाली साथमा भएको भए कमसेकम केहि सहयोग गर्न त सकिन्थ्यो , तर साथमा नहुँदा त्यस्तो गर्न सकिएन “। उनका अनुसार प्राय नेपाली कामदारहरुलाई अलग-अलग कोठामा राख्ने गरिन्छ ।

शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियोे । घटनास्थल निरीक्षण गरि रोयल ओमान पुलिसले निजको शवलाई पोस्टमार्टबको लागी लगेको छ । खवर बाहिर आएपछि यस समबन्धमा दुतावास का कर्मचारि रमेश प्रसाद अार्याल लाई साेधदा खेरि कम्पनी बाट अहिलेसम्म त्यस्तो जानकारी नआएको बताए । उनले भने “सायद शनिबार बिदा परेको कारण हुन सक्छ कम्पनीले अहिलेसम्म खवर नगरेको आईतवार कार्यालय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाकाे विषयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ “। सोहि कम्पनीमा कार्यरत नाताले शोल्टी पर्ने दैलेखका आफ्न्त बिवश बहादुर शाहिका अनुसार उनको भर्खरै जन्मेको तिन महिनाको छोरा छ । करिव डेढ दुई वर्स अगाडि बिहे गरेका मोहनको परिवारमा दाई भाउजुको परिवार अनि श्रीमति र नयाँ छोरा छन् । परिवारमा बिबशले नै फोन गरेर शनिबार दिंउसो जानकारी गराएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D