gulminews logo
शनिबार, २०८१ बैशाख ८

अवरुद्ध तम्घास–रिडी सडक खुल्यो

गुल्मी, भदौ ७ । वर्षाका कारण अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी खडक खण्ड सञ्चालनमा आएको छ । रेसुंगा नगरपालिका –१३, भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि मंगलबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

शसस्त्र प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक चन्द्रप्रकाश सिग्देलको नेतृत्वमा गएको २१ जनाको टोलीले सडकमा खसेको ढुंगा र पहिरो हटाएपछि मात्र अवरुद्ध सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि काठमाडौंबाट सदरमुकाम तम्घास आउँदै गरेका र तम्घासबाट पाल्पा, बुटवल र काठमाडौं जाँदै गरेका सम्पूर्ण सवारी साधन आ–आफ्नो गन्तव्यमा लागेको शसस्त्र प्रहरी प्रमुख सिग्देलले जानकारी दिनु भएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गुल्मीको ईन्द्रगौंडा–रातडाँडा सडक खण्डसमेत मंगलबार रातिदेखि अवरुद्ध बनेको छ । वर्षाले सडकमा खाल्डाहरु परेको र सडकमाथिबाट ठाउँ–ठाउँमा पहिरो खसेका कारण ग्रामिण क्षेत्रवाट गुल्मीको सदरमुकाम तम्घास आउने दुई दर्जन भन्दा बढी सडकहरु समेत अबरुद्ध बनेका छन् । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D