gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अब गुल्मीकै सरकारी अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया, सफल भयो पहिलो शल्यक्रिया

टोपलाल अर्याल
गुल्मी, २५ असोज । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ ।

अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए । अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आउनुभएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्नुभएको हो ।

district hospital gulmi‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’पच्याले भन्नुभयो,‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’ पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् । अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताउनुभयो । ‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।’

जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताउनुभयो । ‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भन्नुभयो,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ । तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उहाँले बताउनुभयो ।

डाक्टर पच्या गुल्मी पराल्मीको हुनुहुन्छ । उहाँ जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल तम्घास आउनुभएको हो । उहाँले अहिले प्रसुति सम्बन्धि जटिल शल्यक्रिया समेत धेरै गर्नुभएको छ । गएको बर्ष १३ बटा मात्र जटिल शल्यक्रिया भएका थिए । तर पच्याले अहिले डेढ महिनाकै अबधीमा १९ वटा जटिल शल्यक्रिया गर्नुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D