gulminews logo
बिहीबार, २०८१ बैशाख १३

“अब खुल्ला कारागार, वन्दीहरु भित्र होईन वाहिर काममा”: महान्याधिवक्ता वद्रीप्रसाद गौतम

प्रेम सुनार
गुल्मी, साउन ८ । निरक्षणमा आज गुल्मी आई पुगेका नेपाल सरकारका नायव महान्याधिवक्ता वद्रीप्रसाद गौतमले नयाँ संविधानमा खुल्ला कारागार उल्लेख भएको र त्यसको नीति निमार्ण भए पछि भोलिका दिनमा बन्दीहरु कारागार भित्र नभएर बाहिर खुल्ला काममा लगाउन सकिने बताएका छन् ।

आज विहान गुल्मी जिल्ला कारागारको निरक्षण गर्दै उनले यस्तो बताएका हुन् । उनले भने– ‘ नेपालमा भुकम्प जाँदा चीनबाट काम गर्न आउने त्यहाँका कैदीहरु थिए , चीनमा कैदीहरुलाई कारागारमा होईन, विभिन्न सरकारी कार्यालय निर्माण र राज्यले गर्ने अन्य निर्माण स्थलमा श्रम गर्न लगाईन्छ , नेपालमा पनि अहिलेको संविधानले त्यही परिकल्पना गरेकोले दलहरुले नीति निर्माणमा ऐक्यबद्धता जनाए अव नेपालमा पनि कैदीहरुलाई कारागार भित्र होईन, उनिहरुलाई सम्पर्कमा राख्दै वाहिर काममा लगाईने छ । ’
badri prasad gautam
गौतमले गुल्मीको जिल्ला कारागार असुरक्षित र कम क्षमताको भएको बताए । धेरै पुरानो र साँघुरो रहेछ, खेल मैदान सहित फराकिलो र सुरक्षित स्थानमा कारागार बनाउनु पर्ने उनले बताए । उनले गुल्मीका कैदी बन्दीहरु मुढा र ढाका बुनाई गरेर कारागारलाई सुधार गृहका रुपमा विकास गरेको प्रति सह्राना गरे ।
भित्र वसेर आफुहरुलाई सुधार गर्दै यहाँका बन्दीहरुले घर खर्च समेत जुटाउन सकेको प्रगतिलाई अन्य जिल्लाका वन्दीहरुले पनि अनुशरण गर्नु पनेमा सुझाव दिए । गौतमले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत निरीक्षण गरेका थिए । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयको कार्य सम्पादनको अवस्थाबारे पनि चासो राखेको जिल्ला न्यायाधिवक्त लक्ष्मण घिमिरेले जानकारी दिए ।
नायव महान्यायधिवक्ता गौतमले काम कर्तव्य र अधिकार क्षेत्रलाई चुस्त बनाउनँदै छिटो छरिटो मुस्कान सहितको सेवा नागरिकलाई दिलाउन निर्देशन समेत दिएको घिमिरेले बताए । घिमिरे आजै अर्घाखाँचीमा समेत निरक्षण गर्न पुगेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D