gulminews logo
बुधबार, २०८१ बैशाख १२

अझै खुलेन सिद्धार्थ राजमार्ग, सयौं यात्रुको बिचल्ली

१६ असोज, बुटवल । पहिरो पन्छाएर दुई तर्फी सडक खुलाउनका लागि बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग बन्द गरिएको छ । आइतबार बिहान ६ बजेबाट सडक सुचारु भएको भएपनि सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्नका लागि बिहान साढे ११ बजदेखि आवागमन बन्द गरिएको हो ।

चार वटा स्काभेटर र जेसीबी डोजरले सडकमा खसेको पहिरो हटाउने काम गरिरहेको स्थानीय बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

butwal siddhababa raodतिनाउ गाउँपालिका ३ दोभान र सिद्धबाबाको बिचमा रहेको हेडवर्क्स नजिकै पहिरो खसेको हो । राजमार्ग अबरुद्ध भएपछि सडकमा सयौं यात्रुहरु बिचल्लीमा परेका छन् ।

दशैंको खुसी साटेर फर्किने र दशैंमा टीका थाप्न हिँडेका यात्रुहरु अहिलेसम्म पनि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अलपत्र परेका छन् ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका हुन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D