gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अखिल क्रान्तिकारीको सचिवमा गुल्मीका चार जनाको उम्मेदवारी

प्रेम सुनार
गुल्मी, भाद्र १३ । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उमेदवार दिएका छन् । ५ नम्वर प्रदेश सचिवमा प्रकाश अधिकारी, यदु ज्ञवाली र छात्रा सचिव पदमा अध्यक्ष रञ्जिता तामाङ्गको प्यानलबाट उमेदवारी दिएका हुन् । त्यस्तै अध्यक्ष अनिल शर्माको प्यानलबाट गुल्मीकै प्रकाश घिमिरेले सचिव पदमा उमेदवारी दिएका छन् ।

चारै जना युवा विद्यार्थी नेताहरु शसक्त भएकोले सचिव पदको दावी नछाडेर चुनावी प्रतिष्पर्धामा भिडन चाहेको माओवादी केन्द्र गुल्मीका प्रचार विभाग प्रमुख युवाराज केसीले जानकारी दिए । उनका अनुसार गुल्मीकै अर्का विद्यार्थी नेता घनश्याम खरेल भने केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भई सकेका छन् । दिव्रुङ्ग निवासी खरेल आयोजक कमिटीमा पनि केन्द्रिय सदस्य थिए ।
akhil-krantikari
पद्यमाकन्या क्याम्पस काठमाण्डौमा अध्यानरत छात्रा सचिव वसन्त भण्डारी काठमाण्डौमा शसक्त विद्यार्थी नेता मानिन्छिन् । उनको घर गुल्मीको धुर्कोटरजस्थलमा पर्दछ । पौदीअमराई अरेवाका प्रकाश घिमिरे पनि काठमाण्डौंका चल्तापुर्जा विद्यार्थी नेता हुन् । प्रकाश अधिकारी बुटवलमा कार्य क्षेत्र बनाएर त्यहाँको विद्यार्थी संगठनलाई हाँक्दै आएका विद्यार्थी नेता हुन् । उनको घर गुल्मी कै दर्लामचौरमा पर्दछ ।

यदु ज्ञवाली गत स्थानिय निर्वाचनमा गुल्मीमा सवै भन्दा कान्छो गाउँपालिका प्रमुख उमेदवार हुन र यस जिल्लाको विद्यार्थी आन्दोलनका हस्तीहरु मध्ये एक हुन् । माओवादी आन्दोलनको ईतिहाँसमै निर्वाचनबाटै संगठन निर्माणको ईतिहाँस रच्दै छ अखिल क्रान्तिकारीले यति वेला । हाल सम्म माउ पार्टी र उसका कुनै पनि ंभातृ संगठनले मतदानबाट संगठन निर्माण गरेका थिएनन् । ‘तोक आदेशमा पद’ जसलाई नेताले टिका लगाई दिने प्रथा भनेर आलोचना समेत हुने गरेको थियो ।

वरिष्ठता र योगदानको कदर भन्दै कैयौ असहमत हुँदाहुँदै पनि जनवादी केन्द्रियताको माओवादी परम्परालाई तोड्दै लोकतान्त्रिक विधि अपनाईएको अखिल क्रान्तिकारीको २१ औं सम्मेलन यस अर्थमा पनि सिङ्गो पार्टीलाई चुनौती र आफैमा ऐतिहाँसिक महत्वको बनिरहेको छ । सात गतेबाट चलिरहेको सम्मेलनमा सहमतिको प्रयास गरिए पनि भोली मतदान हुन गई रहेको छ ।

अध्यक्षमा क्रमशः माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका भाई शर्मा , तामाङ्ग र पदम अर्यालले उमेदवार दिएका छन् । सम्मेलन त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा चलिरहेको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गरेका थिए । तस्वीरः गुल्मीका चार जना सचिवका उमेदवार र सर्वसम्मत निर्वाचि केन्द्रिय सदस्य

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D