​धर्मिक तथा एतिहासिक थलो रेसुङगा पर्यटकको पर्खाइमा

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । अयोध्याका राजा दशरथलाई पुत्रलाभ गराउने थलो र भगवान रामले बाण हानेर पानी निकालेको कुँवासँग रेसुङ्गाको धार्मिक आस्था र प्राचिनता जोडिएको छ । गुल्मी सदरमुकाम तम्घासबाट ७ किलोमिटर मोटरबाटो हुदै रेसुङ्गा पुग्न सकिन्छ ।

प्राचिन कालमा ऋष्यशृङ्ग मुनिले तपस्या गरेको ठाँउ नै कालन्तरमा रेसुङ्गाको नामले चिनिएको जनविश्वास छ । तम्घासका होटल ब्यवसायी बिष्णु ज्ञवाली गुल्मी, अर्घखाची र पाल्पाको समन्वय गरी रेसुङ्गामा पर्यटक भित्र्याउन सकिने बताउछन् । गुल्मी सदरमुकाम तम्घाससँगै जोडिएको रेसुङ्गा ऐतिहासिक, धार्मिक, आध्यात्मिक विशेषतायुक्त प्राचीन तपोभूमि हो ।

धार्मिक पर्यटनको अथाह संभावना भएरपनि रेसुङ्गाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकेको छैन । तम्घासवासी पर्यटकिय पूर्वाधार निर्माण गर्दै गन्तब्यस्थलको रुपमा यस क्षेत्रलाई विकास गर्न खोजिरहेका छन् । समुन्द्र सतहबाट २ हजार तीन सय ४७ मिटरको उचाइमा रहेको रेसुङ्गा जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र हो । रेसुङ्गामा ३१ प्रकारका जडीवुटी , ३० थरी रुख र वनस्पती छन् भने १५ प्रकारका वन्यजन्तु तथा ४० प्रकारका पशुपंक्षी पाइन्छ । रेसुङ्गामा रहेका ३० भन्दा बढी पानीका मुल सदरमुकाम तम्घास सहित आसपासका बासिन्दालाई खानेपानीको स्रोत बनेको छ । स्थानीय शान्तराज पौडेलका अनुसार यहा भगवान श्रीरामले बाण हानेर पानी निकालेको पोखरी छ जुन हिउदमा पनि सुक्दैन र बर्षायाममा पनि बगेर जादैन ।
gulmi-resunga
धार्मिक आस्था राख्नेहरुका लागि रेसुङ्गमा एउटा यस्तो यज्ञशाला छ जहा बर्षौदेखिको होमनकुण्ड निभेको छैन । यो यज्ञशालाको भष्म लगाएमा रोग निको हुने जनविश्वास सहित मानिसहरु दर्शनको लागि पुग्ने गरेको मुख्य पुजारी हरीराज भट्टराईले बताए । रेसुङ्गको पर्यटकिय विकास सँगै गुल्मीमा भित्रने पर्यटकका लागि सदरमुकाम तम्घासमा मात्रै ६ वटा पर्यटकिय स्तरका होटल छन् । जुन होटलले एकसाथ झण्डै दुई सय जना राख्न सक्छ । होटल ब्यवसायी मञ्च गुल्मीका कोषाध्यक्ष जंग बहादुर कुँवरका अनुसार पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न स्थानिय उत्पादनलाई प्रबद्र्धन गर्न होटल सञ्चालक एबं होम स्टे सञ्चालकलाई तालिम दिदै आएको बताउछन् ।

नेपाल पर्यटक वोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले भौगोलिकता र संभावनाको हिसावले रेसुङ्ग संभाबनायुक्त क्षेत्र भएको बताए । पर्यटन प्रबद्र्धनका लागि आवश्यक राज्यको लगानी, नीजि क्षेत्रको संलग्नता र समुदायको अपनत्व हुदा हुदैपनि सेवा सुविधा र सुरक्षामा ध्यान नदिदा रेसुङ्गाले अपेक्षा गरे अनुसार पर्यटक भित्र्याउन नसकेको हो ।

Comments

comments

Comments are closed.